मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी.को अध्यक्षतामा बसेको बैठकले क्लबका सल्लाहकार सहित विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । शनिवार बसेको वैठकले क्लबको सल्लाहकारमा जे.बी. कुँवर, रोमबहादुर कार्की, बोधराज कार्की, गोकर्ण कार्की, ललित बानियाँ, बिष्णु श्रेष्ठ, रेशम जि.सी., इन्द्रामाया बानियाँ र कानूनी सल्लाहकारमा बिष्णुकुसल भुजेललाई चयन गरेको छ । क्लबले यही वैशाख १२ गते आएको महाभूकम्पबाट पीडित गोरखाको थालाजुङ गाविस वडा नं. ४ का १०५ घरधुरीलाई यही शनिवार सोही स्थानमा गई राहत सामग्री वितरण गरेको वैठकमा जानकारी गराउँदै सो कार्यमा आर्थिक तथा खाद्या सामग्री सहयोग गर्नुहुने मनकामना टोलबासी र अष्टूेलिया बस्ने क्लबका पूर्व अध्यक्ष राजु के.सी. लगायत सहयोगी सम्पूर्णलाई धन्यवाद दिने निर्णय गरेको छ । क्लबका काम कारवाहीलाई चुस्तदुरुस्त राख्न र प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गर्ने निर्णय गरेको र अनुगमन तथा मूल्याङकन उपसमितिको संयोजकमा क्लबका संस्थापक अध्यक्ष ललित बानियाँ, शिक्षा तथा स्वास्थ्य उपसमिति संयोजकमा सचिव रविकरण पराजुली, आर्थिक उपसमिति संयोजकमा कोषाध्यक्ष शैलश बानियाँ, युवा तथा खेलकुद उपसमिति संयोजकमा सहसचिव मिलन के.सी., महिला, बालबालिका तथा सरसफाई उपसमिति संयोजकमा सदस्य दीपा थापालाई चयन गरेको सचिव रविकिरण पराजुलीले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment