0
सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व सल्लाहकार तथा शेयर सदस्य विजया पौडेलको निधन भएको छ । पोखरा–८ सिमलचौर निवासी पौडेलको ६५ वर्षको उमेरमा हृदयघातको कारण आइतबार राति निधन भएको हो । पौडेलका एक श्रीमान, ३ छोरी र २ छोरा छन् । यसैबीच, सञ्चय सहकारीको तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष नारायण कार्कीले दिवंगतप्रति चिरशान्तिको कामना गरेका छन् । सहकारी संस्थाले एक असल अगुवा गुमाएको कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनका श्रीमान खेमनाथ पौडेल पनि सहकारीका शेयर सदस्य हुन् । ‘श्रीमानलगायत सबै परिवारमा समवेदना प्रकट गर्दछौं,’–विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

 
Top