गोल्डेन न्यूज संवाददाता
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष एवं कास्की बचत तथा ऋण सहकारी संघका सल्लाहकार रविरमण तिवारीलाई मातृशोक परेको छ । माछापुच्छ«े सहकारी संस्थाका प्रवन्ध संचालक समेत रहेका तिवारीकी आमा लेखनाथ नगरपालिका–८ मोहरिया शिशुवा निवासी ७१ वर्षीया गंगा तिवारीको उपचारको क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा गत आइतबार राति निधन भएको हो । पोखरा–११ फूलबारीमा जन्मिएकी गंगा तिवारीका १ श्रीमान्, २ छोरा, १ छोरी र ८ जना नातिनातिना छन् । स्व. गंगाको हिन्दू परम्परा अनुसार सोमबार अन्त्येष्टि गरिएको छ । तिवारीको निधनप्रति कास्की बचत तथा ऋण सहकारी संघ र जिल्ला सहकारी संघले विज्ञप्तिमार्फत शोक व्यक्त गरेका छन् । ‘यस दुःखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्,’–कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।यसैगरी माछापुच्छ«े सहकारी संस्थाको तर्फबाट अध्यक्ष कुशुमकेशव पराजुली र संरक्षक हेडम्बराज पराजुलीेले समेत शोक विज्ञप्ति जारी गरी स्व. गंगाको आत्माको चीरशान्तिको कामना गर्दै रविरमणको परिवारजनमा समवेदना प्रकट गरेको सो संस्थाका संचालक पुष्पराज पराजुलीले जानकारी दिए ।
Post a Comment