0
गोल्डेन न्यूज संवाददाता
प्रतिभा उच्च माध्यमिक विद्यालय नदीपुर, पोखरामा सदन विभाजन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कक्षा दुइ देखि कक्षा दशसम्मका विद्यार्थीहरुलाई रातो, हरियो, निलो र पहेलो सदनमा विभाजन गरिएको थियो । जस अन्तर्गत रातो सदनका मिन्तु गुप्ता, लोलिता तिवारीस निलो सदनका विशाल लम्साल, आयुस्का शाक्य, हरियो सदनका प्रकाश पौडेल, बबिता भट्टराई र पहेलो सदनबाट बिशाल थापा, ओजस्वी सुवेदी क्रमशस् सदनको प्रमुख तथा सहायकमा छानिएक िथिए । बिद्यार्थीहरु बिच गरिने शैक्षिक, खेलकुद तथा अन्य अतिरिक्त कृयाकलाप बढी प्रभावकारी, स्वस्थ्य एबम प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ उनीहरुलाई विभिन्न सदनमा विभक्त गरिएको हो । यस्ता फरक फरक उमेर समूहका बाल–बालिकाहरुलाई विद्यालयको आन्तरिक तथा बाह्य प्रतियोगितामा सामेल गर्दा आपसी प्रतिस्प्रधात्मक भावनाको विकास भई अरु मेहनेत गर्न प्रोत्साहन मिल्ने गर्दछ । विद्यलयका प्राचार्य प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त कृयाकलाप प्रमुख, शिक्षक प्रदिप खनालले गरेका थिए ।यसैबीच  लिटिल स्टेप उच्च मा.वि., सिमलचौर, पोखरा–८ मा “भूकम्पीय जोखिम न्यूनीकरणका उपायहरु’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा कक्षा ८, ९ र १० का गरी जम्मा १७ जना प्रतियोगीहरु सहभागी थिए । उक्त कार्यक्रममा अंग्रेजी विभागीय प्रमुख रविलाल तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति समेत रहेको थियो । यस प्रतियोगितामा कक्षा १० की प्रतिक्षा पौडेल प्रथम, कक्षा १० कै प्रकाश पराजुली द्वितीय, कक्षा ९ का टेकप्रसाद शर्मा (काफ्ले) तृतीय तथा कक्षा १० की वर्षा गुरुङ र कक्षा ८ की रोमा गुरुङले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रममा विद्यालयकी प्राचार्य पम्फा गुरुङ, मा.वि. संयोजक ताराप्रसाद सुवेदी, कार्यक्रम संयोजन गणित विभाग प्रमुख चित्रबहादुर अधिकारी, विद्यालयका संयोजक विनोद गिरी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैगरी साइनिङ स्टार मावि पोखरा ६ बैदाम पोखरामा निमावि र मावि तहको अन्तरसदनात्मक अंग्रेजी वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । मानव अधिकारवादी नेता टेकनाथ बरालको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रअ नारायण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा ४ वटा सदनका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।       प्रतियोगितामा निमावि तहबाट निलो सदनका छात्रा भावना रसाइली प्रथम, हरियो सदनकी छात्रा टिना राई द्वितीय र हरियो सदनकै छात्रा स्वस्तिका पुनले तृतीय स्थान हासिल गरेका थिए भने मावि तर्फको प्रतियोगितामा निलो सदनकी छात्रा सीमा आचार्य प्रथम, हरियो सदनका छात्र विशाल डिसी द्वितीय र रातो सदनकी छात्र एलिशा श्रेष्ठले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । विद्यालयले हाम्रो सानो सहयोगले कसैको जीवन बाँच्न सक्छ भन्ने उद्देश्यका साथ एकदिनको खाजा बराबरको रकम विद्यार्थी मध्येबाट र एक दिनको तलब बराबरको रकम शिक्षकबाट संकलन गरी सोही दिन रु.१५ हजार १ सय ५ रकम विद्यालयका प्रअ र जुरेसका विद्यार्थीहरुको साथमा नेशनल प्याब्सन कास्कीका सचिव केशवशरण पौडेललाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेशनल प्याब्सन कास्कीका सचिव, केन्द्रीय सचिव हेमन्त अधिकारी, विद्यालयका सहप्रअ अर्जुनप्रसाद पाण्डे र प्रमुख अतिथि बराल, शिक्षक कृष्ण गिरी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top