‘विपद् व्यवस्थापनमा युवा, पूनर्निर्माणका लागि युवा स्वयम् सेवा’ अभियान अन्र्तगत शनिबार युवा स्वयमसेवी कास्कीको टोलीले लमजुङमा पूनःनिर्माण गरेको छ । युवा स्वयं सेवा समन्वय उपसमितिका संयोजक दीपेन्द्र श्रेष्ठका अनुसार टोलीले लमजुङको सुन्दरबजार नगरपालिकाको सिमलचौतारीमा रहेको आदर्श प्राविमा ३ वटा अस्थायी राहत कक्षा कोठा निर्माण गरेको हो । गत बैशाख १२ र २९ गते गएको भुकम्पले आदर्श प्राविको एउटा भवन ध्वस्त भएको थियो । लमजुङका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सेनाको आग्रह र पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको समन्वयमा टोली लमजुङ पुगेको संयोजक श्रेष्ठले बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment