हालै नेपालमा आएको महाविनाशकारी भुकम्प पीडित नेपालीहरुका लागि विभिन्न व्यक्ति, संघ–संस्थाहरुका लागि राहत संकलन तथा वितरण कार्य बुधबारसम्म जारी रह्यो । यसैक्रममा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ५ रुपैयाँ सहयोग गरेको छ । मंगलबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यलयमा क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियालाई ली–बर्ड कार्यकारिणी बोर्डका अध्यक्ष कृष्णप्रसाद बरालले ३ लाख ५ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्ने क्रममा क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले ली–बर्डले यस विपद््को घडीमा भूकम्प पीडितलाई तत्कालीन राहत र दीर्घकालिन पुर्ननिर्माण तथा पुर्नस्थापनाका कार्यक्रमहरू मार्फत काम गर्न देखाएको अग्रसरतालाई सराहना गरे । विभिन्न ३ चरणहरूमा सञ्चालनमा आउने आकस्मिक राहत तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत पहिलो चरणमा विभिन्न स्थानमा राहत वितरण कार्यक्रम भैरहेको छ । हालसम्म तनहुँको पुर्कोट र छिम्केश्वरी तथा गोर्खाको भूम्लिङ्चोक र घ्यालचोक गाविसमा तत्कालका लागि अत्यावश्यक परेका त्रिपाल, खाद्य सामाग्री, कम्बल लगायतका सामानहरू वितरण गरिसकेको छ भने धादिङको जोगीमारा, नौबिसे र थार्के; दोलखाको नाम्दु र जुगु तथा सिन्धुपाल्चोकका मार्मीङ, चौकटी र कर्थली गाविसहरूमा पनि राहत वितरणसँगै पुर्नस्थापनाको काम तत्काल थालनी गर्ने योजना ली–बर्डको छ । त्यसैगरी तनहुँको पुर्कोटमा भूकम्पबाट क्षति पुगेका १८ सय ४३ वटा घरहरूको चेकजाँच तथा अनुगमनका लागि १० जना स्वयंसेवक इन्जिनियर हरूको टोली पुगेको छ । यसैगरी गोरखाको छोप्राकस्थित गैरागाउँ फिरफिरेका ५० घर परिवारलाई सर्वेस्वर व्यवसायी समिति, लायन्स क्लब अफ पोखरा पिस सोसाइटी, प्राइम वचत तथा ऋण सहकारी संस्थाको संयुक्त पहलमा राहत सामग्री वितरण गरिएको छ । राहत अन्यत्र केन्द्रित भइरहेका बेला त्रिपाल समेत नपाएर खुला आकाशमा रात बिताउन बाध्य पीडितहरु राहत सामग्री पाएपछि निकै खुसी भएका थिए । चामल, दाल, नुन, तेल, बिस्कुट चाउचाउ, त्रिपाल, म्याट्रेस, औषधिलगायतका सामग्री दामासाही रुपमा वितरण गरिएको सर्वेस्वर व्यवसायी समितिका सचिव नवराज कोइरालाले बताए । सामान वितरणका लागि सर्वेस्वर व्यवसायी समितिका गजेन्द्र पोखरलले संयोजन गरेका थिए । वितरण कार्यक्रममा बोल्दै सर्वेस्वर व्यवसायी समितिका अध्यक्ष गिरधारी अधिकारीले अहिले मुलुकनै भूकम्पबाट आहत भएका बेला आफ्नो कमाइको केही हिस्सा पीडितलाई प्रदान गरिएको बताए । लायन्स क्लब अफ पिस सोसाइटीका अध्यक्ष अर्जुन ज्ञवालीले व्यवसायी र युवाहरुको पहलमा संकलित सामग्रीले पीडितलाई केही दिन भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । प्राइम वचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख सुरेन्द्रमणि पौडेलले सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितलाई सहयोग गरिएको बताए ।यसैगरी महाभूकम्पमा परी पीडित भएका कास्कीको ल्वाङ्घलेल गाविसका ४० परिवारलाई लायन्स क्लब अफ पोखरा भद्रकालीले राहत प्रदान गरेको छ । गाउँ विकास समितिको गाविसको सिफारिस र नेपाल रेडक्रस सोसाइटी ल्वाङ्घलेलको उपाशाखाको संयोजनमा राहत उपलब्ध गराइएको क्लबका अध्यक्ष केशवप्रसाद अम्गाईंले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावत, स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको उपस्थितिमा त्रिपाल, कम्बल, चामल, दाल, तेल, नुन लगायतका सामग्री पीडितलाई प्रदान गरिएको हो । प्रति परिवारलाई पाँच हजार रुपैयाँ गरी दूई लाख रुपैयाँ बराबरको सामान वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष दीपकराज तिवारीले बताए । राहत वितरण कार्यक्रममा क्लबका सदस्यहरु प्रेमप्रसाद चापागाई, रामप्रसाद शर्मा, अरवीन पौडेल, कृष्णप्रसाद ढकाल सहभागी थिए । यसैगरी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले राहत संकलन कार्यलाई जारी राखेको छ । बुधवार नवराज दवाडी पोखरा–५ बाट ५ हजार १ सय र मिच अमेरिका मार्फत मदरल्याण्ड उच्च मावि, पोखरा–७ मांसवारबाट १० हजार १६ रुपैयाँ प्राप्त भएको छ । हालसम्म १६ लाख ७५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको छ । साथै विभिन्न सामग्री खरिद र यातायात ढुवानीमा १५ लाख ६५ हजार ६ सय ८७ रुपैयाँ खर्च भएको छ । शाखामा प्राप्त पाल, कम्वल र दैनिक उपभोग्यका सामग्रीहरु वितरण पनि भइरहेको शाखाका उपसभापति एवम् प्रकोप व्यवस्थापन समितिका संयोजक दण्डराज शर्माले बताए । कास्कीमा २ हजार ५ सय ६१ परिवारलाई १ हजार ७ सय ७६ थान त्रिपाल र ८ सय ६४ थान कम्वल वितरण गरिएको छ । हालसम्म पोखरा र लेखनाथ वाहेक सबै गाविसमा राहत पुगेको रेडक्रस कास्कीले जनाएको छ । नगरपालिकाका कतिपय वडाहरुमा भने वितरण भइसकेको छ । गाविसहरु बाट राहतको लागि माग आउने क्रम भने जारी रहेको मन्त्री कृष्ण तिमिल्सिनाले जानकारी दिए । यसैगरी पोखरा विश्वविद्यालय मा पब्लिक हेल्थमा अध्ययनरत विद्यार्थीहरुको छाता संगठन एप्सले रुपाकोटमा औषधि वितरण गरेको छ । रुपाकोटमा भुकम्प पीडित करिब ६० घरमा निःशुल्क उपचार र औषधि वितरण गरिएको एप्स पोखरा विश्वविद्यालय का अध्यक्ष नारायण सापकोटाले जानकारी दिए । उक्त गाविसमा भुकम्पबाट करिब १ सय २० घर धुरी प्रभावित भएका थिए ।
यसैगरी कास्की जिल्लामा रहेको सहकारी संघहरुको अगुवाईमा आफ्ना सदस्य संस्थाहरुबाट हाल सम्म रु, ९ लाख ६२ हजार ७६६ रकम संकलन गरेको छ । यसअघि कास्कीमा कार्यरत सहकारी संघ संस्थाहरुबाट एकमुष्ट रुपमा राहत रकम संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सहकारी संघ संस्थाहरुलाई आव्हान समेत गरेको थियो । संघले राष्ट्रिय सहकारी बैंक लि.पोखरा शाखामा सहकारी राहत कोष स्थापना गरि संकलन कार्यलाई तीव्रता दिएको छ । संकलित रकम एक कार्यक्रम का बीच छिट्टै नै सम्बन्धित निकाय मार्फत हस्तन्तरण गरिने बताइन्छ ।यसैगरी सुनचाँदी व्यवसायी संघ कास्कीले गोरखाको फिनाम गा.वि. स.को वडा नं.५ पोखरीथोकका ५० घरलाई खाद्यन्न वितरण गरेको छ । संघले नारेश्वर गा.वि.स. वडा नं.१ भोगतेनी आसपासका क्षेत्रहरुमा बसोबास गर्ने विभिन्न समुदायका १२५ घरलाई आवश्यक त्रिपाल, गुन्द्री, चामल, दाल, नुन, तेल, गेडागुडी, चाउचाउ लगायत सामाग्री तथा पालुङटारको जैसीटारमा १ सय २१ घरपरिवारलाई त्रिपाल, गुन्दी, चामल, दाल, तेल, नुन, गेडागुडी, चाउचाउ लगायतका सामाग्रीहरु वितरण गरिएको संघका अध्यक्ष चन्द्रकिशोर गौतमको नेतृत्वमा गएको टोलीले उक्त सामाग्रीहरु वितरण गरेको छ । सुनचाँदी व्यवसायीहरुको सहयोग गोर्खासम्म पु¥याइएको र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरी देशभरका भुकम्प पीडितहरुलाइ सहयोग गर्ने संघका अध्यक्ष चन्द्रकिशोर गौतमले जानकारी दिए ।यसैगरी शीतलपथका युवाहरूले भूकम्प प्रभावित गोरखाको पसलाङ र नाङ्लेपानीका भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण गरेका छन् । अनुज लम्सालको नेतृत्वमा गएको टोलीले करिब ६० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो । राहत वितरणका क्रममा टोलीका सुरज शर्माले भूकम्पजस्तो महाविपत्ति गोरखाको मात्रै नभएर सम्पूर्ण नेपालकै रहेको भन्दै आफूले सक्दो सहयोग गर्ने घोषणा समेत गरेका थिए । राहत वितरण कार्यक्रमको संयोजन सुशान्त पोखरेलले गरेका थिए । सो अवसरमा त्रिपाल, चामल दाल र लत्ताकपडा लगायतका राहत सामग्री वितरण गरिएको थियो । यसैगरी कास्कीको थुमाको डाडा गा.वि.स. याङ्जाकोट निवासी क्रोम्छैस्यो तमू चेलीबटीबाट भुकम्प प्रभावितहरुलाई राहत वितरण गरिएको छ । गोरखा लगायत विभिन्न जिल्लाहरुबाट भुकम्पमा परि घाइते भई पोखराको विभिन्न अस्पतालमा उपचार गराई रहेका घाइतेहरुले डिस्चार्जपछि आश्रय लिई रहेको तमू धिं नेपालमा गई सो चेलीबेटीको समूहले जनही पाँच सयका दरले ७८ जना घाईतेहरुलाई रु. ३९ हजार रकम वितरण गरेको छ । भने लमजुङ जिल्लाको भुकम्प प्रभावितहरुलाई समेत सो समूहले १० हजार रुपैंया प्रदान गरेको छ । सो समूहले हालसम्म तमू प्ये ल्हु संघमा पक्की शौचालय निमार्ण, याङ्जाकोट गाउँमा मसनघाट जाने बाटो निमार्ण तथा सिताराम उच्च मा.वि.को शैक्षिक विकासका निम्ती समेत ५० हजार रुपैयाँ लगायत विभिन्न सामाजिक कामहरु गर्दै आई रहेको छ । हाल तमू नेपालमा गोर्खाको बारपाक र लाप्रक गाउँका अधिकांशा भुकम्प प्रभावितहरुले आश्रय लिईरहेका छन ।
यसैबीच तमू धिं नेपालमा रहेको प्रभावितहरुको साथमा रहेका बालबालिकाहरुलाई पोखरा रामबजारमा रहेको एस.ओ.एस. बालग्रामले शैक्षिक सेवा प्रदान गरेको छ । बालग्रामले बालबालिका हरुलाई पढाउनुका साथै टेलिभिजनमा कार्टुन देखाउनुका साथै विभिन्न गेमहरु खेलाएर एक आपसमा घुलमिल गर्ने काम गरिरहेको बालग्रामले जनाएको छ । यसैगरी हङ्गकङ्गमा स्थाई वसोवास भएर वेलायतमा काम गरिरहेका नेपालीहरुको संस्था हङ्गकङ्ग नेपाली स्विण्डन क्लवले नेपालमा आएको भुकम्पमा ज्यान धनको क्षति भएकाहरुको लागि राहत संकलन र वितरण गरेका छ । क्लवले राहत स्वरुप पहिलो चरणमा अत्यावश्यक सामाग्रीहरु विदेश स्थित नेपाली सरोकार निकाय मार्फत् पठाइसकेको र दोश्रो चरणको राहतका लागि आर्थिक संकलन कार्य भईरकेको पनि संस्थाका सचिव खगेन्द्र गौचनले जानकारी दिए ।यसैगरी फ्लोरिङ्ग एण्ड फर्निसिङ्ग व्यवसायी संघ कास्कीले धादिङ जिल्लाको विभिन्न स्थानका भुकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । संघका अध्यक्ष मोहन सुवेदी नेतृत्वको टोलीले धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको पौवा गाउँ, गुरुङ गाउँ, पारि गाउँ लगायतका क्षेत्रका ५५ घरधुरीका भुकम्प पीडितहरुलाई राहत वितरण गरिएको सचिव रामकृष्ण ढुङ्गानाले जानकारी दिए । टोलीले वितरण गरेको राहत सामाग्रीमा त्रिपाल, चामल, चिउरा, जुस, व्लाङ्केट, डसना, सिरानी रहेको छ । टोलीले २ बोरा चिउरा, खुला चाउचाउ १ बोरा, चाउचाउ ६ कार्टुन, पानी २ कार्टुन, विस्कुट १ बोरा जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुृख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको बताइन्छ । यसैगरी पोखरा उपमहानगरपालिका वडा नं. १२ रानीपौवा, पुरानोधारामा रहेको आदर्श समाज (सामाजिक संस्था) ले भुकम्प पीडितहरुका लागि राहत रहक प्रदान गरेको छ । संस्थाका सदस्यहरुबाट संकलन गरिएको २६ हजार ८२ रुपैयाँ एभरेष्ट बैंकमा रहेकामे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष शिव प्रसाद कोइरालाले जानकारी दिए । रकम संकलनमा सहयोग गरि भुकम्प पीडितहरुका लागि ठूलो योगदान पु¥याएको भन्दै संस्थाका अध्यक्ष कोइरालाले आभार व्यक्त गरेका छन् ।
यसैगरी पोखरा—२६ सेदीबगरका स्थानिय ब्यक्ति र संघ संस्थाको संयुक्त पहलमा धादिङ्ग जिल्लाको बिभिन्न स्थानमा भुकम्प पीडितका लागि राहत वितरण गरिएको छ । सेदीबगरमा रहेका सुनगाभा बचत तथा ऋण सहकारी संस्था लि., अमृत मौरी पालन समूह, कल्पबृक्ष सामुदायिक संस्था, सेदी बगर आमासमूह, सेदी खानेपानी तथा सरफाई उपभोक्ता समिति, अम्बिका ममता युवा क्लब, जिरेखुर्सानी रेस्टुरेन्ट र पोखराका बिभिन्न ब्यवसायीको संयुक्त पहलमा करिब ६ लाख रुपैयाँ बराबरको राहत संकलन गरिएको थियो । उक्त राहत सामग्रीलाई धादिङ्ग जिल्लाको दुर्गम क्षेत्रहरु ज्यामिरे भञ्ज्याङ, गोला भञ्ज्याङ, हनुमान डाँडा, नेत्रवति खोलाको किनार हुदै आगिन्चोक लगाएत करिब १० स्थानमा राहत बितरण गरिएको हो । उक्त स्थानमा रहेका ३ सय ५० घरधुरीका भुकम्प पिडीतलाई राहत सामग्री सहयोग गरिएको थियो । राहत सामग्रीमा चामल, दाल, नुन, बिस्कुट, चाउचाउ, त्रिपाल लगाएतको सामग्री रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमीटेडका सचिब कृष्ण थापाले जानकारी दिए ।

Post a Comment