गोल्डेन न्यूज संवाददाता
पोखराको पर्यटन क्षेत्रलाई उकास्नका लागि सकारात्मक प्रचार–प्रसारको खाँचो रहेको सरोकारवालाले बताएका छन् । सकारात्मक सन्देश प्रवाह गरे भूकम्पपछि शून्य भएको पोखराको पर्यटन उकालो लाग्ने उनीहरुले बताए । पोखराका पर्यटन व्यवसायी सहभागी पोखरा पर्यटन पुनरत्थान समिति (पिटिआरसी) ले बिहीबार पोखराका सरकारी कार्यालयका प्रमुखसँग गरेको छलफलमा बोल्दै उनीहरुले सकारात्मक सन्देश पु¥याएर आगामी सिजनमा पोखरामा पाहुना भिœयाउन व्यवसायीलाई सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशाशक दिनेशकुमार थपलियाले प्रवद्र्धनात्मक गतिविधि गरेर पर्यटकलाई पोखरा बोलाउनुपर्ने बताए । उनले पोखरामा बाह्रै महिना पर्यटक तान्ने गतिविधि नरहेकोले केही उपयुक्त कार्यक्रम गर्न व्यवासायीलाई सुझाव दिए । सस्तो प्याकेज बनाएर पर्यटक तान्न उनले व्यवसायीलाई सुझाव दिए । कात्तिकदेखि फागुनसम्म पोखरामा विभिन्न गतिविधि हुने भएपनि त्यसपछिका समय शून्य हुने भन्दै क्षेत्रीय प्रशासक थपलियाले वर्षायामका लागि पनि आकर्षक कार्यक्रम गरेर आन्तरिक पाहुना तान्नुपर्ने र आन्तरिक हुँदै विदेशी तान्न सकिने उनको भनाई छ । पोखरा र आसपाका क्षेत्र सुरक्षित छन् भनेर पर्यटकको मन जित्न नसकेसम्म पाहुना नआउने भएकाले सकारात्मक प्रचार–प्रसारमा लाग्न सुझाव दिंदै पर्यटन क्षेत्र एक्लैको पहलले नहुने भएकोले सबैले सहकार्य गर्नुपर्ने उनले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पर्यटन क्षेत्र शिशाको घरजस्तै सधैभरी जोखिममा रहेकोले सकारात्मक सन्देश दिएर पर्यटकलाई बोलाउनुपर्ने बताए । उनले विभिन्न अन्तर्राष्ट्रिय मिडिया मार्फत पोखराबारे सकारात्मक सन्देश फैलाउनुपर्ने बताए । पोखराको पर्यटन क्षेत्रले रोजगारी सिर्जना गर्नेदेखि आर्थिक क्षेत्रमा ठूलो योगदान दिएकोले यसप्रति सबै सचेत हुनुपर्ने राउतको भनाई छ । विभिन्न मूलूकका नेपालस्थित दुतावास र कुटनीतिक नियोग मार्फत विदेशी पर्यटकमाझ पोखरा र आसपासका क्षेत्रबारे सकारात्मक सन्देश फैलाउन सघाउनुपर्ने बताए ।
नेपाल प्रहरीका पश्चिम क्षेत्रीय प्रहरी प्रमुख पंकज श्रेष्ठले पोखरा र आसपासका क्षेत्र सुरक्षित रहेको बारे प्रचारप्रसार गर्नुपर्ने बताए । प्रहरी सुरक्षा मात्र नभई प्राकृतिक रुपमा पनि पोखरा अहिलेसम्म सुरक्षित रहेको भन्ने सन्देश पु¥याउन सबैको पहल जरुरी रहेको उनले बताए । अहिलेका लागि मात्र नभई आगामि दिनका लागि पनि पोखरा सुरक्षित रहेको भन्ने सन्देश फैलाउन सके दीर्घकालिन सन्देश पुग्ने उनले बताए ।त्यस्तै सशस्त्रका डिआइजी जानकीराज भट्टराइले आन्तरिक पाहुनामार्फत विदेशी बोलाउनुपर्ने बताए । नेपाली सेनाका सहायक रथी ताराबहादुर कार्कीले पदयात्रा क्षेत्र सुरक्षित रहेको भन्ने सन्देश फैलाउन सके पाहुना बढन सक्ने बताए । उनले पदयात्रा क्षेत्रमा विभिन्न ठाउँमा सुरक्षित आवासगृह बनाउन सके पर्यटकले बढि भन्दा बढि सुरक्षित महसुस गर्ने उनले बताए । नेपाली सेनाले पदयात्रा क्षेत्रमा आईपरेको अप्ठेरो हल गर्न तयार रहेको उनले बताए ।पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पोखरा र आसपासका क्षेत्र सरसफाइका हिसाबले पनि सुरक्षित रहेकोलेयस्तै सरसफाई कायम गर्न सबैको सहयोग जरुरी रहेको बताए । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लालप्रसाद गुरुङ र पर्यटन कार्यालयका प्रमुख डोलराज ढकालले आवश्यक सहयोग गरेर पोखरामा पर्यटक तान्न सक्दो सहयोग गर्ने बताए ।समितिका आर्थिक संयोजक विप्लव पौडेलले पोखराको पर्यटन क्षेत्रमा देखिने चोट नभएपनि आन्तरिक दुखाइ बढि रहेको बताए । उनले अर्थतन्त्रमा निकै नै असर परेको जानकारि दिए । उनका अनुसार अहिले पोखराका होटलमा मुस्किलले २ प्रतिशत पर्यटकको अकुपेन्सी रहेको छ । १० वर्षे द्वन्द्वमा भन्दा पनि अहिले असर परेको उनले बताए । साना व्यवसाय गर्ने व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको पौडेलले जानकारी दिए ।इभेन्ट संयोजक गोपी भट्टराइले भूकम्पको असरको पीडा कम गर्न विभिन्न कार्यक्रम गर्न थालेको जानकारी दिए । उनका अनुसार आगामि शनिबार पोखरामा योग शिविर हुँदैछ । त्यस्तै भूमिपूजा, राष्ट्रिय भाव सहितको सांगीतिक कार्यक्रम र पोखरा,चितवन, लुम्बिनी जोड्ने गरि साइकल टुर गर्न थालेको बताए । पर्यटकका लागि प्याकेज तयार पार्ने जिम्मा पाएको समितिका सदस्य पोमनारायण श्रेष्ठले केहि समयभित्रै पोखराका व्यवसायीले अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धनात्मक गतिविध गर्ने तयारी गरेको जानकारी दिए । उनले भारत र चीनमा तत्कालै प्रवद्र्धनात्मक गतिविधि गर्न थालेको बताए । त्यसबाहेक यूरोपियन मुलुकमा पनि पर्यटकका लागि विभिन्न कार्यक्रम गर्ने जानकारी दिए ।प्रचार–प्रसार संयोजक टिकाराम सापकोटाका अनुसार दीगो अर्थतन्त्र बलियो बनाउन पर्यटक चाहिएको बताए । पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले सकारात्मक सन्देश प्रवाह गरेर पोखरामा पाहुना बोलाउन जरुरी रहेको बताए । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नहुँदाको सबैभन्दा बढि पीडा अहिले परेको जानरकारी दिए । पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने भए यतिबेला यहाँका होटलको अकुपेन्सी करिब ५० प्रतिशत हुने भएपनि विमानस्थल नहुँदा शून्यमा झर्नुपरेको बताए ।पर्यटन बोर्ड पोखराकी अधिकृत श्रद्धा श्रेष्ठले सबैको सहयोगमा विभिन्न मूलुकमा पर्यटन प्रवद्र्धन गर्न सके अहिलेको शून्यता उकास्न सकिने बताईन । समितिले यसअघि कास्कीका स्थानीय राजनीतिक दलसँग पनि सुझाव संकलन गरेको थियो । राजनीतिक दलले पनि सबै मिलेर पोखराको पर्यटन क्षेत्र उकास्न सघाउनुपर्ने बताएका थिए ।

Post a Comment