नेपालमा गत शनिबार गएको विनाशकारी महाभूकम्पमा परी हालसम्म मुलुकभर सात हजार ४० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार ३९८ पुगेको छ । भूकम्पका कारण १० हजार ४७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका एक लाख ४१ हजार २३३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ४९ हजार ६५९ घर क्षति भएका छन् । पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा छ हजार ३६९, पश्चिमाञ्चलमा ४१८ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकमा दुई हजार ५८०, नुवाकोटमा ६५९, गोरखामा ४१०, काभ्रेमा ३११ र रसुवामा ३०६ जनाको मृत्यु भएको छ । भूकम्पले १० हजार ४६४ सरकारी भवन पूर्णरूपमा क्षति भएका छन् भने १४ हजार १८८ घर आंशिक रूपमा भत्केका छन् । सर्वसाधारणका एक लाख ३० हजार ५०३ घरमा पूर्ण क्षति भएको छ भने आंशिक रूपमा एक लाख ३५ हजार ९७० घरमा नोक्सानी भएको छ । यसैबीच सरकारले स्थानीय प्रशासन मार्फत् मृतक परिवारलाई काजकिरिया खर्च वापतको ४० हजार रुपैयाँ वितरण गर्न थालेको छ । जिल्ला विपत् व्यवस्थापन समितिको संयोजनमा रकम वितरण थालेको हो । सरकारले काजकिरिया खर्च वापतप्रति मृतक ४० हजार रुपैयाँ दिने घोषणा दुई दिन अघि गरेको थियो । सरकारको घोषणा अनुसार काठमाडौंमा रुकम वितरण सुरु भइसकेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालले शनिबार दिउसो सतुंगलमा पुगेर मृतक परिवारलाई नगद बुझाए । सतुंगलमा मृत्यू भएका २० परिवाललाई उनले रकम हस्तान्तरण गरे । अन्य स्थानहरुमा पनि प्रशासनले टोली बनाएर रकम वितरण गर्ने छ । काठमाडौंमा ४० वटा टोली खटाउने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । अन्य जिल्लाहरुमा पनि वितरण हुनेछ । मृतक परिवारले नजिकको नगरपालिका वा गाविसमा सम्पर्क गरी त्यहाँबाट रकम प्राप्त गर्ने स्थान र समयबारे जानकारी लिन सक्नेछन् ।
दलीय संयन्त्र समेतको रहोबरमा प्रशासनले राहत वितरण गर्ने गर्छ । मन्त्रिपरिषद्ले सर्वदलीय संयन्त्रसंगको समन्वयमा राहत वितरण गर्नुपर्ने निर्णय यसअघि गरेको थियो । उक्त निर्णय अनुसार प्रशासनले दलहरुको संयोजन गरी संयन्त्र खडा गरेको छ । प्रति मृतक ४० हजार बाहेक मृतक परिवारले थप १ लाख रुपैयाँ पनि पाउँछन् । पहिलो चरणमा काजकिरिया खर्च वितरण भएपछि थप रकम सर्वसाधारणले पाउनेछन् ।यसैबीच प्रधानमन्त्री सुशील कोइरालासँग संयुक्त राष्ट्रसङ्घका आर्थिक तथा सामाजिक मामिला सम्बन्धी उपमहासचिव वु हङ्वो र युरोपेली आयोगका मानवीय सहयोग तथा विपद् व्यवस्थापन आयुक्त क्रिष्टोस स्टेन्डियालेसले शनिबार प्रधानमन्त्री निवासमा संयुक्त रूपमा भेटवार्ता गरे । त्यस अवसरमा राष्ट्रसङ्घका उपमहासचिव वुले नेपालमा हालैको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालले भोग्नुपरेको दुःखमा संयुक्त राष्ट्र सङ्घका महासचिव वानकी मुन र सिङ्गो राष्ट्रसङ्घ परिवार साथ रहेको बताए । उनले आफू र राष्ट्रसङ्घका तर्फबाट प्रधानमन्त्री कोइराला र उनी मार्फत नेपाल सरकार तथा नेपाली जनतामा हार्दिक समवेदना पठाउनु भएको बताए । वार्तामा उपमहासचिव वु ले विश्व शान्ति, सहयोग र विकासको लागि स्थापित राष्ट्रसङ्घले प्राकृतिक विपद्मा अन्तर्राष्ट्रिय सहयोगको समन्वय पनि गर्दै आएको बताए । उनले विपद्को समयमा सहयोग गर्ने संघसंस्थाहरू लाई बिना झन्झट उनीहरूले ल्याएको उद्धार तथा राहत सामग्री जतिसक्दो छिटो पीडितसमक्ष पुग्ने व्यवस्था मिलाउन आवश्यक भएको बताए । भेटमा युरोपेली आयुक्तले युरोपेली सङ्घ र युरोपेली आयोगका तर्फबाट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री कोइराला र उहाँमार्फत नेपाल सरकार, नेपाली जनता र भूकम्पमा परी जीवन गुमाएकाहरू परिवारजनप्रति समवेदना व्यक्त गर। प्रधानमन्त्री कोइरालाले नेपालले भयानक विपत्तिको कल्पना नगरेको बताउदै त्यसबाट पीडित नेपालीको उद्धार,राहत, पुनः स्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा नेपाललाई सहयोगी मित्र राष्ट्र, राष्ट्रसङ्घका र युरोपेली आयोगसहितका बहुर्राष्ट्रिय सङ्घ संस्था सबैको उदार सहयोगको आवश्यकता परेको बताए । प्रधानमन्त्रीले पीडितहरूको लागि तत्काल ओत लाग्ने पाल, खाद्यान्न, औषधि, खानेपानी छान्ने र स्वच्छ बनाउने ‘फिल्टर’ र बस्ने ‘म्याटे«स’को अति आवश्यकता भएको जानकारी दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाले दुःखको घडीमा राष्ट्रसङ्घ र युरोपेली सङ्घले नेपाललाई उद्धारकर्मी, उद्धार सामग्री र राहत सामग्री दिएर ठूलो गुन लगाएको बताए । उनले नेपालको आर्थिक(सामाजिक विकासमा दुवै संस्थाहरूले गरेको निरन्तर सहयोग हालको भूकम्पबाट पीडितहरूको उद्धार राहत, पुनःस्थापना र पुनःनिर्माण सम्मका लागि लिएको तत्परताका लागि आभार प्रकट गरे । भूकम्प पीडितको उद्धार र राहतका लागि आएको सबै सहयोग सम्बन्धित पीडितहरूसमक्ष पुगोस भन्नेमा सरकार सचेत रहेको अवगत गराउँदै उनले सरकारी निकायसँग समन्वय गरेर राहत सामग्री वितरणमा कुनै समस्या नरहेको पनि स्पष्ट गरे । यसैगरी प्रधानमन्त्री कोइरालासँग भारतीय जनता पार्टीका नेता भगतसिंह खोसियारीले शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरे । भेटमा उनले नेपालमा हालै आएको भूकम्पले पु¥याएको जनधनको क्षतिप्रति भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री कोइराला र उहाँमार्फत नेपाल सरकार, भूकम्पपीडित जनता र यस घटनाबाट दुःखित समस्त नेपाली जनताप्रति समवेदना प्रकट गरेका थिए । भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो विनाशकारी भूकम्पको कल्पनासमेत नगरिएको बताउँदै भूकम्पबाट प्रभावितको उद्धार र राहत कार्यमा भारत सरकारबाट प्राप्त सहयोगको प्रशंसा गरेका थिए । प्रधानमन्त्री कोइरालाले भूकम्पबाट प्रभावितको पुनः स्थापना र यसले पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणमा समेत भारतको सहयोग पाउनेमा आफू आशावादी रहेको बताएका थिए । यसैबीच मुलुकले भूकम्पका झट्का महसुस गर्नेक्रम बढिरहेको छ । शनिबार बिहान ३ः५५ देखि ११ः३० बजेसम्ममा चारपटक पराकम्पन भएको छ । गोरखा र लमजुङको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान ११.३० मा ५.१ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार बिहान ९ बजेर ३२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि शनिबार बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रिक्टर स्केल र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको थियो । गत शनिबारदेखि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका १२२ वटा भूकम्पको धक्का महसुस गरिएको र भूकम्पका धक्का आए पनि डराउनुपर्ने अवस्था नरहेकोे केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

Post a Comment