0
लायन्स क्लव अफ पोखरा सुन्दर नगरीको आयोजनमा स्याङ्जाको भाटखोला गाविस स्थित श्री जनप्रीय उमाविमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविरमा पेट छाति मधुमेह तथा उच्चरक्तचाप, हाडजोर्नी तथा नसा रोग, बाल रोग, प्रसुति तथा स्त्री रोग एवम् मुख तथा दन्तरोगको निःशुल्क परिक्षण गरिएको थियो । उक्त विरामीहरुका लागि पोखरोको विरौटामा रहेको नमस्ते हस्पिटल प्रालिले निःशुल्क औषधि समेत वितरण गरको थियो । शिविरमा भाटखोला लगायत आसपासका गाविसहरुका करिब ३ सय ५० वृद्धवृद्धा, युवा युवती, महिला तथा बालबालिकाले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा नमस्ते हस्पिटल प्रालिका अध्यक्ष एवं डा. मनबहादुर गुरुङ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. ईश्वर शर्मा कँडेल, बाल रोग विशेषज्ञ डा. गणेश वि.क, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रेमराज पंगेनी, मुख तथा दन्तरोग विशेषज्ञ डा. किसान खत्री लगायतको डाक्टरहरुको टोलीले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । लाईन्स क्लव अफ पोखरा सुन्दर नगरीका नेत्र ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत नेपाल रेडक्रस भाटखोलाका अध्यक्ष मिन बहादुर रानाभात र संचालन सुन्दर नगरीका सचिव शिव थापा मगरले गरेका थिए ।

Post a Comment

 
Top