वैशाख १२ गते गएको शक्तिशालि भुकम्पले क्षति पुगेका कास्कीका सामुदायिक विद्यालयहरु को पूनर्निर्माण चाँडै हुने भएको छ । ‘विपद् व्यवस्थापनमा युवा, पूर्ननिर्माणका लागि स्वयमसेवा’ समन्वय समितिले मंगलबार आयोजना गरेको अन्तक्र्रियामा उपस्थित विभिन्न संघ संस्था, व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरुले सक्दो सहयोग गर्ने बाचा गरेपछि विद्यालयको पुर्न निर्माण चाँडै हुने भएको हो । ‘अहिले सम्भ ७२ वटा विद्यालयमा क्षति भएको रिपोर्ट आएको छ’ कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले भने–‘४ वटै क्षेत्रमा ओभरसियरको नेतृत्वमा टोलि खटाएर विवरण संकलन गर्ने कार्य भइरहेको छ, मर्मत पश्चात संचालन गर्न सकिने विद्यालयमा चाँडै स्वयमसेवीहरु खटाइनेछ ।’युवा स्वयंसेवा समन्वय उपसमितिका संयोजक दीपेन्द्र श्रेष्ठले मर्मतका लागि आवश्यक पर्ने सिमेण्ट, छड, जस्तापाता, लगायतका आवश्यक सामाग्री सहयोग गर्न विभिन्न संघ संस्थाहरु आतुर रहेको जानकारी गराए । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार सम्वन्धित विद्यालयले स्थानीय रुपमै उपलब्ध हुन सक्ने बालुवा, माटो, ढुङ्गा, लगायतको जोहो गर्नुपर्नेछ, दाताबाट प्राप्त सिमेण्ट, रड, जस्तापाता मात्र जिल्ला दैवीप्रकोप उद्धार समितिले उपलब्ध गराउनेछ । ‘यो नयाँ मोडल हो’, राउतले भने,–‘सफल भएमा विद्यालयपछि घर निर्माणमा पनि अनुकरण गरिनेछ ।’कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, लायन्स क्लवका दुर्गा हुमागाई, रोटरी क्लव अफ पोखरा न्यूरोडका अध्यक्ष दिलिपराज श्रेष्ठ, आर्ट अफ लिभिङका संयोजक रनेश भट्टराई, सेकोरस अफ बेल्जियमका रामप्रसाद तिमिल्सीना,पहाड ट्रष्टका नरेन्द्र लिम्बु, रेबान पोखराका उपाध्यक्ष चौबहादुर गुरुङ, पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली, पश्चिमाञ्चल इन्जिनियर कलेजका प्रमुख नारायण गौतम, नेपाल इन्जिनियर्स एसोसिएसन पोखराका उपाध्यक्ष इन्जिनियर महेन्द्रबहादुर गोदार, नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष ऋषि गौतम, नेपाल नर्सिङ्ग एसोसिएसनका उपाध्यक्ष निता ताम्राकार, नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष धर्मराज अधिकारी, पोखरा उप महानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगर, कास्कीका स्थानीय बिकास अधिकारी तारानाथ अधिकारी, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल मनो चिकित्सक संघका डाक्टर निर्मल लामिछाने, नेपाल स्काउटका छवि सुवेदी लगायतले आवश्यक जिन्सी सामाग्री उपलब्ध गराएर पुनर्निर्माण अभियानलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
शिक्षf
» ामुदायिक विद्यालयहरु पुनःनिर्माण गरिने
Subscribe to:
Post Comments (Atom)
Post a Comment