0
कास्कीको कालिका गाविसलाई मंगलबार एक समारोहका बीच एक साक्षर पूर्ण खोपमुक्त गाविस घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न विद्यालय तथा संघ संस्था, राजनीतिक दलहरुको प्रतिबद्धतामा सरोकारवालाहरुले गाविसलाई पूर्णसाक्षर तथा पूर्ण खोपमुक्त गाविस घोषणा गरेका हुन् । प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले शहर तथा सुविधा सम्पन्न पूर्ण साक्षर घोषणा गर्न नसकिरहेको बेला गाविसहरुले घोषणा गरेर बौद्धिकता र सचेतनाका हिसाबले गाउँहरु अगाडि रहेको धारणा व्यक्त गरे । नागरिक शिक्षित, स्वस्थ र सभ्य भएमात्र उक्त ठाउँको विकास सम्भव हुने बताउँदै पूर्ण खोप र साक्षर घोषणाले सहयोग पु¥याउने विश्वास थपलियाले गरे ।स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले मानव सूचाकाङ्कका तीन आयाम औसत आयु, साक्षरता र प्रतिव्यक्ति आय भएकोले त्यसलाई मिलाएर अगाडि बढाउन सकेमात्र घोषणा कार्यक्रमको सार्थकता रहने स्पष्ट पारे । सहायक जिल्ला शिक्षा अधिकारी गगन सिंह थापाले घोषणा कार्यक्रम पछि पनि साक्षर अभियानलाई निरन्तरता दिइरहने प्रतिवद्धता व्यक्त गरे । वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले सबैको सक्रियताले मात्र पूर्ण खोप सम्भव रहने बताउँदै स्वास्थ्यसम्बन्धि चेतनामा आएको बृद्धिले स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । गाविस प्रमुख शोभाखर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका बैकल्पिक केन्द्रिय सदस्य

Post a Comment

 
Top