नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले विश्व रेडक्रस दिवस भुकम्प प्रभावितहरुसँगै मनाएको छ ।‘रेडक्रसका सिद्धान्त व्यवहारमा’ भन्ने नाराका साथ विश्व रेडक्रस दिवस मनाइएको हो । शाखाले प्रभावितहरुलाई राहत वितरण र घाइतेलाई फलफुल, सल्यानमा रेडक्रस अभिमुखिकरण गरिएको जनाएको छ ।शुक्रवार भुकम्पमा परि घाइते भई डिस्चार्ज भएका विरामीलाई राखिएको स्थानमा पुगि कास्की शाखाले फलफुल वितरण गरेको छ । शाखाका सभापति वामदेव ढुङ्गाना, मन्त्री कृष्ण तिमील्सीना लगायतले प्रदान गर्नुभएको छ । साथै विभिन्न जुनियर रेडक्रस तथा युवा रेडक्रस सर्कलहरुमा ब्याज वितरण गरेका छन् । दिवसकै अवसरमा आइतवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ प्रत्येक वर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस मनाउने गरिन्छ । इटालीको सल्फेरिनोमा भएको युद्धको विभत्स दृश्यबाट प्रभावित भई जाँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रसको जन्म भएको हो । सोहि दिनको सम्झनामा विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।वि.स. २०२२ सालमा स्थापना भएको कास्की शाखाले विश्व रेडक्रस अभियाानकोको प्रचार प्रसार, अन्तराष्ट्रिय कानुनको प्रवद्धनका साथै प्रकोप नियन्त्रण, न्यूनिकरण, उद्धार वातावरण संरक्षण, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । कास्की शाखामा ५५ उपशाखा, आजिवन सदस्य ८ हजार, १ सय ६० जुनियर सर्कल, ५१ युवा सर्कल क्रियाशील छन् । विपत्तीपूर्ण अवस्थामा सवै व्यक्ति तथा संघसंस्थाहरुलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले राहत संकलन अभियानमा जुट्न समेत अनुरोध गरेको छ । शाखाले नेपाल रेडक्रस सोसाइटी कास्कीको सिटी डेभलपमेन्ट बैंकमा रहेको खाता नं. ००१०१५०००४५९४८०००००१ मा रकम जम्मा गर्न सकिने शाखाका कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिनुभयो ।।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» भुकम्प प्रभावितहरुसँगै विश्व रेडक्रस दिवस मनाइयो
Subscribe to:
Post Comments (Atom)
Post a Comment