राजाराम पौडेल।
गत शनिबार गोरखाको वारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भुकम्प र त्यसपश्चात पटक(पटक आएका भुकम्पका कारण भएको जनधनको क्षतिप्रति पोखरेली कलाकर्मी चिन्तित बनेका छन् । भुकम्पका कारण ज्यान गुमाउने, घाइते हुने र घरबार विहिन हुनेहरुको संख्या बढ्दै गएको छ । त्यती मात्र नभएर विपतमा परेर बाँच्न सफल भएकाहरुले राहत नपाएर भोकभोकै बस्नुपरेको छ । कयौ घाइतेको अझै सम्म उद्धार हुन सकेको छैन । यस्तो पीडा प्रत्यक्ष देखेका र सुनेका पोखरेली कलाकर्मी राहत संकलन गर्ने र पीडितको पीडामा मलम लगाउन सक्रिय बन्दैछ्न । यस्को लागि उनीहरुले व्यक्तिगत रुपमा मात्र नभएर संस्थागत रुपमा राहत संकलन गरि वितरण गर्न थालीसकेका छन् । केहि कलाकार प्रत्यक्ष रुपमा पीडित समक्ष पुगेर सहयोग गर्न व्यस्त छन् भने केहिले विभिन्न संघ संस्थाको माध्यमबाट आफ्नो तर्फको सहयोग पीडित समक्ष पु¥याउन खोजेका छन् । संगीत नाट्य प्रतिष्ठानका उपकुलपति सरुभत्त श्रेष्ठले पीडितका लागि म्युजिक नेपाल एकेडेमिबाट रकम संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताएका छन् । ‘पीडितका लागि रकम संकलन कार्य सुरु भैसकेको छ’ उनले बताए । कवि तथा संस्कृतीकर्मी तिर्थ श्रेष्ठ भुकम्प आउँदाको समयमा आफ्नै घरको बगैचामा थिए ।
आफुलाई केही नभएपनि विपत्तिमा परेकाहरुको पिडाले उनी चिन्तित बनेका छन् । पीडितहरुको सहयोगको लागि आफू सचिव रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मार्फत केहि सामाग्री गोरखाको वारपाक पठाएको उनले जनाए । ‘व्यक्तिगत रुपमा समेत केहि रकम पीडितको लागि छुट्याइसकेको छु’ उनले थपे ‘सहयोग संकलन गर्ने कार्य जारी छ’ । कन्दरा समूहका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ भुकम्प जादाको समयमा बेलायतमा थिए । जब नेपालमा गएको विनाशकारी भुकम्पको खबर उनले पाए त्यसपछाडि उनी त्यहाँ बस्न सकेनन् । अनि पीडितको पीडामा मलम लगाउन नेपाल फर्किए । उनीसँगै नेप्लिज नर्सिङ फाउन्डेसनबाट दुईजना नर्स बेलायतबाट नेपाल आएका छन् । ‘हामिले बेलायतबाट ल्याएको सहयोग सामाग्री बसन्त चौधरी फाउन्डेसन मार्फत वितरण गर्दैछौँ’ विवेकले भने । राहत र उद्धारका लागि आफूलगायत आठ जनाको टोली काभ्रे जाने उनले जानकारी दिए । भर्खरै मात्र नयाँ एल्बम नेपाःश्री बजारमा ल्याएका गीतकार दुर्गाबहादुर शाह बाबा भुकम्प आउँदाखेरी पोखरामानै थिए । विनाशकारी भुकम्पले गरेको क्षति प्रति चिन्तित बनेका उनले साथीहरुसँग मिलेर पीडितको पीडामा मलम लगाउन खोज्दैछन् । उनी र उनका साथीहरुले संकलन गरेको राहत सामाग्री गोरखाको पासलाङमा रहेका पीडितलाई प्रदान गरिने बाबाले जनाएका छन् । त्यहाँ पुगेर उनीहरुले भुकम्पबाट पीडित बनेकाको लागि ब्लाङ्केट, त्रिपाल, चामल, म्याटे«स, चाउचाउ, विस्कुट, ठुलो प्लाष्टिक, दाल, भुजा, नुन लगायतको सामाग्री वितरण गर्नेछन् । संगीतकर्मीहरु दुर्गाबहादुर शाह बाबा, सागर शाह, सर्वज्ञमान शाक्य, जितेश प्रधान, दिपक बाँस्तोला, पुस्कर थापामगर, निसान खान, प्रकाश गुरुङ कास, सुनिता गुरुङ, राजेन्द्र अधिकारी, सुनिल गगंजु र विष्णु गंगजु मिलेर उक्त राहत सामाग्री संकलन गरि वितरण गर्न लागेका उनले जनाए । लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहाल भुकम्पजाँदाको समयमा जन्मगाउ ढिकुरपोखरी–९ मा थिए । अकल्पनीय भुकम्पले क्षणभरमानै गरेको क्षती प्रति अत्यन्त चिन्तित छन् । लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी र कास्कीको सक्रियतामा संकलन भएको पचास हजार बराबरको राहत सामाग्री नेपाल रेडक्रस सोसाइटी कास्कीलाई हस्तान्तरण गरिएको लोकगायक दाहालले बताए । यता भुकम्प जादाँको दिनमा पोखरामानै रहेकि लोकदोहोरी गायीका ज्योती लोहनी गास, बास र कपास गुमाई अप्ठ्यारोमा परेकाको लागि राहत संकलन गरेर पीडितहरु सपक्ष पुगेर वितरण गर्ने बताउँछिन् । पोखरेली गायक सिडि विजय अधिकारी भुकम्प आउँदा काठमाडौँमानै थिए । डिल्लि बजारबाट पुतलीसडक स्टुडियो तर्फ स्कुटरबाट जाँदै गर्दा भुकम्प आएको उनले बताए । उनलाई केहि नभएपनि उनीसँगै रहेकि श्रीमती मनिषा राई घाइते भइन् भने स्कुटरमा क्षति पुग्यो । ‘अब पीडितको लागि आफूले सकेको आर्थिक, भौतिक सहयोग गर्छु’ उनले भने । तराना म्युजिक सेन्टरका सञ्चालक रहेका संगीतकर्मी श्रीमान थुलुङ पीडितको लागि सक्दो सहयोग गर्ने बताउँछन् ।
भुकम्प जादाँ बाटुलेचौरमा आफ्नै घरमा रहेकी लोक गायिका चन्द्रा कार्की तत्कालै चौरमा पुगेर ज्यान बचाउन सफल भएको बताउँछिन् । पीडितको लागि आफूले सकेको आर्थीक, नैतिक, र भौतिक सहयोग गर्ने उनको योजना छ । पोखरेली समूह डिमोर्चाका मुख्य भोकलिष्ट रहेका गायक भाष्करध्वज श्रेष्ठले पीडितको लागि केहि काम गर्ने योजनामा आफूहरु रहेको जनाएका छन् ।भुकम्प जाँदा पोखराको नदिपुरमा पढ्दै गरेको बताउने गायक राजन कार्की विपतमा परेकालाई सहयोग गर्ने जनाए । लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य चोलेन्द्र पौडेल ठुलो भुकम्प आउँदा पोखराको सिर्जनाचोकमा थिए । विपतमा परेकाको उद्धार र राहत वितरणका लागि क्षतिग्रस्त गाउँमा पुग्ने उनले सुनाए । लोक दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने घटना हुदाँको दिनमा पोखरामानै थिए । पीडितको पीडामा मलम लगाउनको लागि विभिन्न संस्था मार्फत सहयोग गरिरहेको उनले बताए । चलचित्रकर्मी नविन घायल भुकम्प जाँदाको समयमा पोखराको विध्यवासिनी चलचित्र भवनमा ‘रेशम फिलिलि’ हेर्न पुगेका थिए । ‘हलमा पुग्ने वित्तिकै एक्कासी भुकम्प आयो’ उनी थप्छन् ‘केहि समय त अत्तालिए पछि ज्यान जोगाउन भागे’ । पेशागत विमा अभिकर्ता संघ एल आइ सि पोखरा उपशाखाका सचिव रहेका उनले संस्था मार्फत सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउँछन् । भुकम्प जादाँको समयमा रोडमा बसेर फोनमा कुरा गर्दै गरेको बताउने पोखरेली गायक सोवीत बस्यालले पीडितको लागि केहि समाग्रीहरु सहयोग गरि सकेका छन् । पीडितहरु भएको ठाउँमानै पुगेर उनीहरुलाई भेट्ने र राहत वितरण गर्ने इच्छा भएको बताउने उनी यो पीडामा दुःखी भएको बताउँछन् । लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव रहेका लोकदोहोरी गायक घनश्याम रिजाल पीडितको लागि राहत संकलनमा जुटिरहेका छन् भने लोकदोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष शिवहरि ढुङ्गाना प्रतिष्ठान मार्फत पीडित समक्ष राहत पु¥याउन क्रियाशिल भएको बताउँछन् । यसैगरी गुरुङ्ग फिल्म एशोसिएशन नेपाल जिफानले भुकम्प पीडित घाइतेको लागि ह्वीलचिएर प्रदान गरेको जिफान अध्यक्ष वेदबहादुर गुरुङ्ग श्यामले जानकारी दिएका छन् । ‘गुरुङ्ग फिल्मका निर्माता, निर्देशक, नायक, नायिका, कलाकार, प्राविधिक लगायतबाट संकलित रकमबाट ह्वीलचिएर किनेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदान गरियो’ उनले बताए ।
त्यसो त भुकम्प जाँदाको समयमा भोजपुरमा रहेको बताउने जिफानको निवर्तमान अध्यक्ष माओत्से गुरुङले पनि पीडितको लागि केहि आर्थीक सहयोग गरिसकेको बताउँछन् । उता राजधानी काठमाण्डाँँैमा रहेका गायक गंगाधर पराजुली पीडितको उद्धार र राहतमा लागिपरेका छन् । यसरी शनिबार आएको विनाशकारी भुकम्प तथा त्यसपछाडि पटक–पटक आएको भुकम्पबाट पीडित बनेकाहरुको पीडामा सक्दो सहयोग गरी मलमपट्टी लगाउने प्रयासमा पोखरेली कलाकर्मी लागेका छन् । हुनत केहि व्यक्ति र संस्थाले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नका लागि मात्रै राहत वितरण गरेको नाटक गरेको देखिन्छ । यस्तो अवस्थामा देखावटी भन्दापनि संयमित भएर पोखरेली कलाकर्मीले वास्तविक पीडितको पीडामा सहयोग गरि आफ्नो पहिचान बनाउनुपर्ने हुन्छ ।

Post a Comment