जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले कुनैपनि संघ संस्थालाई राहत संकलन नगर्न निर्देशन दिएको छ । सहयोग गर्न इच्छुक संघ संस्था र व्यक्तिलाई समितिले जिल्ला प्रशासन कार्यालयमै बुझाउन आग्रह गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले यस्तो निर्देशन दिएका हुन् । राहत संकलनको काम व्यवस्थित गर्दै सहयोगलाई गोरखामा केन्द्रित गर्ने निर्णय गरेको समितिले जथाभावी संकलन हुने राहत हिनामिना हुने हुदाँ प्रशासनमै बुझाउन भनेको राउतले बताए । तर यहाँका संघसंस्थाले भने आफूखुशी राहात संकलन भने गरिरहेका छन् ।केही समूहले आइतबार नै राहत संकलन गरेर गोरखाको बारपाकबाट ल्याइएका घाइतेलाई वितरण गरेका थिए । केहीले अहिलेपनि राहत संकलन गरिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघले भूकम्पबाट पीडितहरुको उद्धार तथा राहातका लागि तीन लाख २८ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» ‘राहत सामाग्री प्रशासनलाई बुझाऊ
Subscribe to:
Post Comments (Atom)
Post a Comment