0
हालै नेपालमा गएको विनासकारी महाभुकम्पबाट सुनौलो पव्लिकेशन प्रालिद्वारा प्रकाशित गोल्डेन न्यूज दैनिक र सुनौर्लो एफएममा कार्यरत ६ कर्मचारी पीडित भएका छन् ।  भुकम्पका कारण गोल्डेन न्यूज दैनिकमा कार्यरत पत्रकार हरि पन्तको आगिन्चोक–३, धादिङ स्थित घर बस्नै नमिल्ने गरि पूर्ण रुपमा भत्किएको छ भने प्रेस अपरेटर शिव चापागाइँको समेत धादिङस्थित घर पूर्णरुपमा भत्किएको छ । यसैगरी गोल्डेन न्यूज दैनिककै बजार व्यवस्थाकको रुपमा कार्यरत कास्की कालिकाका निरज बजगाइँ र सराङ्कोटका कृष्ण तिमिल्सिनाको घर समेत गत शनिबार गएको विनाशकारी महाभुकम्पले भत्काएको छ । यस्तै सुनौलो एफएमका पत्रकार राजाराम पौडेलको कास्की कालिका र प्रस्तोता रीता लामिछानेको कास्की रुपाकोट वडा नं. ७, आँपुखोला स्थित घर बस्नै नमिल्ने गरि भुकम्पले भत्काएको छ । पौडेलको घर गत शनिबारकै भुकम्पले भत्काएको हो भने लामिछानेको घर शनिबार गएको भुकम्पले भत्काएको बताइन्छ ।

Post a Comment

 
Top