0
गोल्डेन न्यूज संवाददाता
पोखरा लामाचौर स्थित एलसी ब्रदर्श युनाइटेडले स्याङ्जाको स्वरेकमा रहेका  भूकम्प पीडितलाई  त्रिपाल सहयोग गरेको छ । स्वरेक भञ्ज्याङमा एक कार्यक्रमको आयोजना गरेर क्लबले स्वरेक गाविसका २५ जना र यस्तै बानेथोक देउराली गाविस बास्ताराका ५ घर परिवारलाई गरि ३० घर परिवारलाई त्रिपाल वितरण गरेको हो  । क्लबका शंकर केसीले आपूmहरुले भूकम्प पीडितहरुलाई देश बाहिर रहेका साथीहरु मार्फत प्राप्त आर्थिक सहयोगले त्रिपाल सहयोग गरेको बताए । यस अघि धादिङबाट भूकम्पको कारण  विस्तापित भएका ६० जनालाई पोखरामा भोजन गराउने काम गरेको र थुम्कीका १२ घर लाई जस्ता पाता वितरण गरेको बताए । स्वरेकमा आगामी दिनमा पनि सक्दो सहयोग गर्ने केसीले बताए । पत्रकार घनश्याम पाण्डेय, मिलन गुरुङ, शंकर केसीले सवै युवाहरुलाई सामाजिक सेवामा लाग्न प्रेणा थपेको भन्दै एलसी ब्रदर्श युनाइटेड प्रति धन्यबाद ज्ञापन गरे । यसै बीच माउण्ट कैलाश रीसोर्ट पोखराका प्रबन्ध निर्देशक नरेश भट्टराईले दलितहरुका लागि पठाउनु भएको थप ५ वटा त्रिपाल पत्रकार पाण्डेयले वितरण गरेका थिए । स्वरेकमा भूकम्पको कारण पीडित बनेकाहरुको लागि अझै त्रिपाल अभाव भएको भन्दै पाण्डेयले त्रिपाल सहयोगको लागि अन्य संग पनि आग्रह गरे । एलसी ब्रदर्श युनाइटेडका मिलन गुरुङले पीडितहरुकै हातमा राहत वितरण गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने बताए । अहिले बर्षातको समय भएकोले पनि त्रिपाल प्रभावकारी हुने बताए । स्वरेकका युवा नेता नारायण प्रसाद अर्यालले त्यहाँको पीडितहरुको अवस्थाको बारेमा जानकारी गराएको राहत वितरणमा शंकर केसी, मिलन गुरुङ, विकल गुरुङ, हेमन पुन, अरुन कुमार पुन, जय गुरुङ र सुरेन्द्र पुनले त्रिपाल हस्तान्तरण गरेका थिए ।यसैगरी नेपालमा आएको महा भूकम्पबाट क्षति पु¥याएका आवासहरुमा विदेशी नागरिकहरुले पनि सहयोग गरेका छन् । स्वीजरल्याण्ड निवासी फरान्सिकाले  नेपालमा घुम्न आएको अवस्थामा यहाँ देखिएको विपतलाई आत्मासाथ गर्दै उनले कास्कीको देउराली गाविस वडा नं २,४,७,८ र ९ का करिब ८० घरलाई त्रिपाल बितरण गरेकी छन । फरान्सिकाले आप्mनो तर्फबाट सहयोग गरेको सागग्रीलाई स्थानीय समाजसेबी तथा होटल व्यवसायी तिलक बहादुर अधिकारी र सूर्य ज्योती प्राविका प्रधानाध्यापक अर्जुन बहादुर बसौलाको संयोजनमा देउराली गाविसको मर्जाङकोट,बाउ भञ्ज्याङ, पोखरेली, चौके र बेत्यानीका भूकम्प पीडित परिवारलाई त्रिपाल वितरण गरिएको थियो । गत १२ र २९ गते आएको भूकम्पका कारण त्यस क्षेत्रका अधिकांश घरहरु चर्केर बस्न नहुने अवस्थामा पुगेपछि विभिन्न संघ संस्थाहरुले सहयोगका हातहरुलाई अगाडि बढाईरहेका छन् । यसैगरी महाभूकम्पबाट पीडित लमजुङका तीन जना कविहरुलाई नगद राहत वितरण गरिएको छ । हरेक महिनाको दोस्रो शनिबार आयोजना हुँदै आएको अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको मासिक रचनावाचनको २५औँ शृङ्खलामा भूकम्पबाट पीडित साहित्यकारका लागि १ लाख राहत रकम वितरण गरिएको हो । सो कार्यक्रम वरिष्ठ साहित्यकार एवम् नेपाली राइटर इन इङ्लिस सोसाइटीका सचिव, सार्कस्तरीय शान्ति कविता यात्राका अभियन्ता एवम् त्रिवि कीर्तिपुरको अंग्रेजी विभागका उपप्राध्यापक केशव सिग्देलको प्रमुख अतिथ्य तथा कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एवम् चरैवेति साहित्यिक त्रैमासिकका प्रधान सम्पादक एलबी क्षेत्रीको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको सिफारिसमा भूकम्पले घर ध्वस्त बनाएका लमजुङका तीनजना कवि तथा साहित्यकारहरू चेतोनाथ अधिकारी विचौर, रुद्रनिधि तिवारी चिति र विश्वविनोद गाउँशहरलाई जनही ३०÷३० हजार नगद कार्यक्रमका प्रमुख अतिथि, विशिष्ठ अतिथि र कार्यक्रमका सभापति अन्तरङ्गका सम्पादक नवराज पहाडीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । लोकसंस्कृतको उत्थानमा विशेष योगदान गर्नु हुने रुद्रनिधि तिवारीको भूकम्पबाट भएको क्षति र प्रतिभाको कदर गर्दै कार्यक्रमका विशिष्ठ अतिथि एलवि क्षत्रीले आफ्नो व्यक्तिगततर्फबाट ५ हाजर रुपैयाँ सोही कार्यक्रममा प्रदान गरेका थिए । उक्त अवसरमा मन्तव्य व्यक्त गर्र्दै प्रमुख अतिथि सिग्देलले हामीहरू समाजलाई उज्यालो देखाउने कविहरूको दुःखपर्दा सँगै छौँ भन्ने भावनासहित प्रेम र सद्भाव बाड्न आएको बताए । अन्तरङ्गका सम्पादक नवराज पहाडीको सभापतित्वमा भएको कार्यक्रममा जनविकास कलेजका प्रमुख अंगराज घिमिरेले कार्यक्रममा वाचिर रचनाहरूको समिक्षा गरेका थिए । यसैबीच, अन्तरङ्गका सम्पादक मार्फत लमजुङका भूकम्प पिडितहरूका लागि विश्वनाथ चाराली, असम, भारतका साहित्यकार एवम् असम नेपाली साहित्य भसाका उपाध्यक्ष मदन थापाले प्रदान गरेको ८ हजार ५११ रुपैयाँ जिल्ला दैवी विपद् व्यवस्थापन समितिको खातामा आफूले जम्मा गरिदिएको पहाडीले जानकारी दिए । यसैगरी उदार मनका धनीहरुले भूकम्पबाट प्रभावित तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेका छन् । पोखरा नयाँबजार निवासी शिव थापा र उनकी धर्मपत्नी सजना गोदार तथा पोखरा मोहोरियाटोलका अर्जुनकुमारविकले भूकम्पबाट घरबारविहीन बनी विभिन्न जिल्लाबाट पोखरा आएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र छात्रवृत्ति बितरण गरेका हुन् । थापा दम्पत्तिले धादिङको रि गाविस रिचेतबाट बिस्तापित भएका २५ जनालाई १ लाख बराबरको शैक्षिक सामाग्री बितरण गरे भने अर्जुनले पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित बालश्रम न्यूनिकरण कार्यक्रम अन्तर्गत विभिन्न सम्पर्क केन्द्रमा पढिरहेका १५ जना विद्यार्थीलाई ४ हजार नगद बराबरको छात्रवृत्ति दिएका हुन् । उनले आइतबार आयोजित कार्यक्रममा भूकम्पबाट प्रभावित बालबालिकाहरुको लागि थप १५ हजार नगद समेत हन्तान्तरण गरे । कार्यक्रममा बोल्दै कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले संघले समस्यामा परेका बालबालिकाहरु लाई निरन्तर सहयोग गर्दै आएको र यो क्रम अझ अगाडि बढ्ने बताए । उनले संघले सामाजिक उत्तरदायित्व बहन गर्दै भूकम्प पीडितहरुको लागि राहत संकलन र बितरण अभियान चलाएको जानकारी दिए । बालश्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले बालश्रम मुक्तको अभियानका सबैको सहयोग भएको बताए । पोखरा उपमहानगरपालिकाका प्रशासन विभाग प्रमुख अनन्तप्रसाद कोइरालाले जोखिममा परेका बालबालिकाको उद्धार र शिक्षा दीक्षामा उपमहानगपालिका सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।  दाता अर्जुनकुमार विकले एक जना हुनेखानेले निम्न आयस्रोत भएको एकजनालाई सहयोग गर्ने हो भने विदेशीको मुख ताक्नु नपर्ने बताए । अर्का दाता शिव थापाले पोखरा उद्योग वाणिज्य संघले व्यवसायिक हकहितको अलावा सामाजिक हितको लागि गरेको कामको खुलेर प्रसंसा गरे । बालश्रम न्यूनिकरण कार्यक्रमकी पी्रति पाण्डेका अनुसार अहिले पोखरा उद्योग वाणिज्य संघले पोखरा नगर क्षेत्रमा ८ वटा सम्पर्क केन्द्रमा २ सय ४० विद्यार्थीलाई शिक्षामा सहयोग गर्दै आएको छ । यसैगरी अल्फा बोर्डिङ स्कुल, पोखरा १६, लामाचौरले वैशाख १२ र २९ गते गएको महाभूकम्पमा परेका भूकम्प पीडितलाई राहत वितरण गरेको छ । विद्यालयले भूकम्पका कारण घर क्षति भएका शिक्षक सफल अधिकारी र कर्मचारी क्षेत्रबहादुर भण्डारीलाई क्रमशः रु ५ हजार, रु ३ हजार हस्तान्तरण गर्यो । राहत वितरणकै क्रममा रु १०, ११ नेपाल रेडक्रस सोसाइटी पोखरा–१६ का अक्ष्यक्ष वसन्त तिमिल्सिनालाई राहत कोष स्थापनार्थ हस्तान्तरण गरियो । सङकलित मध्येको रु एक लाख प्याब्सन कास्कीमार्फत  सङकलित राहतकोषमा पठाइ सकिएको र बाँकी रु ६ हजार ८८९ जुनियर रेडक्रस सर्कल अल्फाको तर्फबाट स्थानीय स्तरका भूकम्प पीडितलाई सहयोग गर्ने योजना रहेको प्राचार्य शिवकुमार बगालेले बताए । विद्यालयको प्राङ्गणमा गरिएको राहत वितरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी पोखरा १६ का अध्यक्ष वसन्त तिमिल्सिनाले विद्यालयले यस्तो विपतको घडीमा गरेको सहयोगप्रति खुसी व्यक्त गरे भने विद्यालयका अध्यक्ष सुरेन्द्रमान सिहं भण्डारीले विद्यालय शैक्षिक क्षेत्रमा मात्र नभई समाज सेवाको क्षेत्रमा पनि अग्रसर रहेको र यस्ता कार्यक्रम गर्न पाउँदा आफू खुसी रहेको बताए । राहत वितरणका लागि शिक्षकहरुले २ दिन बराबरको तलव जम्मा गरी रु २७ हजार र विद्यार्थीहरुले जनही रु ५० जम्मा गरी रु २३ हजार बाँकी रु ७५ हजार विद्यालयको तर्फबाट जम्मा गरी कुल १ लाख ७५ हजार वितरण गरिएको थियो ।यसैगरी नेपाल मगर सङ्घ कास्कीले भूकम्पको केन्द्रविन्दु गोरखाका भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण गरेको छ । गोरखाको बोर्लाङका भूकम्पपीडित १५ घरपरिवारलाई जस्तापाता  र थुमीका ३८ भूकम्पपीडित घर परिवारलाई चामल, तेल, नुन, साबुन, मस्यौरा, बिस्कुटल गायतका खाद्य सामग्री वितरण गरिएको हो । नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादु रानामगरको नेतृत्वमा गएको राहत वितरण टोलीमा जिल्ला सह–कोषाध्यक्ष कुमार थापामगर, जिल्ला सदस्य बुद्धिमाया थापामगर, नेपाल मगर सङ्घ माटेपानी एकाइ समितिका पूर्व अध्यक्ष दलबहादुर श्रीसमगर, आदिवासी जनजाति युवा महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापामगर लगायत सहभागी थिए । राहत वितरणका लागि बोर्लाङमा शिव थापामगर र थुमीमा बुद्धबहादुर थापामगरले संयोजन गरेका थिए ।यसैबीच एकीकृत नेकपा (माओवादी)सहितका पाँच कम्युनिष्ट पार्टी पुनर्निर्माणमा श्रमदानका लागि महाभूकम्पको केन्द्रविन्दु गोरखा पुगेका छन् । एमाओवादीसहित नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा (माओवादी) र क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुनर्निर्माणका लागि गोरखा पुगेका हुन् । संयुक्त कार्यदलबाट नेताहरूलाई विभिन्न कार्यक्षेत्र तोकिएका छन् । जस अनुसार बुङकोटमा एमाओवादी नेता कुमार तथा एकीकृतका रामजी थापा र भीमबहादुर श्रीस, गुम्दामा एमाओवादीका जीवन्त र नेकपा–माओवादीका सागर, घ्याचोकमा नेकपा–माओवादीका अजित र एमाओवादीका अक्कलको नेतृत्वमा पुनर्निर्माणका स्वयंसेवक टोली खटिएका छन् ।

Post a Comment

 
Top