0
पोखरा ८ न्यूरोडमा रहेको एल. ए उच्च माविमा भूकम्पले विद्यार्थीहरुमा परेको प्रभावलाई कम गराउने उद्देश्यले एक दिने मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ ।   विद्यार्थीहरुमा परेको नकरात्मक प्रभावलाई हटाउने र भूकम्पबाट कसरी सुरक्षित रहने भन्ने उद्देश्य मनोपरामर्श कार्यक्रमको आयोजना गरिएको एल. ए .उच्च माविका प्रशासक नवराज आधिकारीले जानकारी दिए । सो कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई मनोचिकित्सक डा. निर्मल लामिछानेले मनोपरामर्श दिएका थिए । मनोपरामर्श कार्यक्रम विद्यार्थीहरुका लागि निकै उपलब्धि मूलक भएको प्रशासक अधिकारीले जानकारी दिए ।

Post a Comment

 
Top