कन्या क्याम्पस पोखरामा स्नातकोत्तर तहमा अध्ययनरत छात्राहरुका लागि शोधपत्र लेखनका लागि ४ दिने कार्यशालाको उद्घाटन भएको छ । क्याम्पसको अनुसन्धान विभागका प्रमुख हरि पाठकले स्नातकोत्तर द्वितीय वर्षका छात्राहरुको अनिवार्य शोधपत्र लेखनलाई सहजीकरण गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि तथा कन्या क्याम्पस पोखराका संस्थापक क्याम्पस प्रमुख प्रोफेसर सुरेन्द्र बहादुर भारीजुले कार्यशालाको अवधिमा नै छात्राहरुले प्रस्तावनाको संरचना लेखन गर्न सकेमात्र कार्यक्रमको उपलब्धी रहने बताए । विद्यार्थीहरुले शिक्षा आर्जन गरेर मात्र नभएर व्यावहारिक ज्ञान हासिल गर्न शोधपत्र आफ्नै प्रयासमा लेखन गर्नु आवश्यक रहेको उल्लेख गरे । कन्या क्याम्पस पोखराका निमित्त क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले शोधपत्र लेखनका लागि छात्राहरुलाई आवश्यक सामग्रीहरु व्यवस्थापन गरिएको जानकारी गराउँदै यथाशीघ्र शोधपत्र तयार गर्न अनुरोध गरे । उनले देशको वर्तमान आवश्यकता लाई मध्यनजर गर्दै बिषय छनौट गर्नसके अनुसन्धान कर्ता तथा सम्बन्धित सरोकारवाला लाई फाइदा पुग्ने बताए । क्याम्पसका पूर्व क्याम्पस प्रमुख मेजरमान बज्राचार्यले यस्तो कार्यशाला छात्राहरुका लागि महत्वपुर्ण रहेको बताउदै कार्यशालाको पूर्ण सफलताको कामना गरे । कार्यशालामा प्रा.डा. यादव शर्मा गौडेल, प्रा.डा. पुष्पराज शर्मा, उप– प्राध्यापक हरि पाठक, राजेन्द्र उपाध्याय, सुरेश कुमार मानन्धर र देवीलाल शर्माले सहजीकरण गरेका थिए । क्याम्पसको एम बि एस द्धितिय बर्षका १६ छात्राहरुको सहभागीता रहेको कार्यशालामा छात्रा बिमला गुरुङ्गले स्वागत मन्तव्य राखेकी थिइन भने छात्रा प्रीति पाण्डेले सञ्चालन गरेकी थिइन । कार्यशाला सञ्चालन गर्न सुमुना श्रेष्ठको संयोजकत्वमा प्रिति पाण्डे, विमला गुरुङ्ग, पार्वती छन्त्याल सदस्यीय रहेको समिति गठन गरिएको क्याम्पसले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment