विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सगरमाथा बेस क्याम्पमा पगेका एचआईभी संक्रमित गोपाल श्रेष्ठ घाइते भएका छन् । बैशाख १२ गते गएको शक्तिशाली भुकम्पपछि सगरमाथा बेसक्याम्पमा खसेको हिमपहिरोबाट जोगिन दौडिने क्रममा उनको खट्टामा चोट लागेको छ । हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंमा ल्याएर उनको उपचार गरिएको र अहिले अस्पतालबाट डिस्चार्ज भई पोखरास्थित घरमा आराम गरिरहेका गोपाल श्रेष्ठ सगरमाथा आरोहण अभियान समितिले जानकारी दिएको छ । एचआइभी र एड्स सम्वन्धी प्रभावकारी उपचार, हेरचाह, रोकथाम तथा सहयोग सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत चनचेतना जगाउन उनी सगरमाथा आरोहण अभियानमा जुटेका हुन् । राष्ट्रमा परेको विपत्ति र श्रेष्ठको स्वास्थ्यको कारणले सगरमाथा आरोहण स्थागित गरिएको समितिले बताएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment