0
एम्नेस्टी ईन्टरनेशनल अन्नपूर्ण समूह ५४ कास्कीले शुक्रवार पोखरामा श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । १२६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पोखराको पृथ्वीचोकमा पर्चा वितरण गरी सचेतना कार्यक्रम गरिएको समूहका संयोजक नविनराज वरालले जानकारी दिए । पृथ्वीचोकमा भेला भएका श्रमिकहरुलाई संयोजक वरालले श्रमिकहरुको हक अधिकारी सुनिश्चित गर्नका लागि सवैभन्दा पहिले श्रमिकको सम्मान गरिनुपर्ने बताए । उनले एम्नेस्टीले अन्तर्राष्ट्रिय रुपमा संचालन गरेका मानव अधिकारवादी क्रियाकलाप अन्तर्गत श्रमिकको सवाललाई विशेष प्राथमिकता दिएको प्रष्ट पारे । बरालले वैदेशिक रोजगारमा जाने आप्रवासी कामदारहरुको हक हित र अधिकारका सम्वन्धमा पनि ए.आईले अभियान चलाईरहेको पनि श्रमिकहरुलाई जानकारी गराए । कार्यक्रममा समूहका उपसंयोजक अनन्तप्रसाद कोईराला, सचिव भानु पराजुली, कोषाध्यक्ष ढकेश्वर पहारी, पोखरा विश्वविद्यालय युथ नेटवर्कका संयोजक सरस्वती अधिकारी, उपसंयोजक कृष्णकुमारी बाँस्तोला, सदस्य दिनेश आचार्य र सन्तोष बराल लगायतले श्रमिकलाई उनीहरुको अधिकारका वारेमा सूसुचित गर्न सकिने हो भने श्रमिकका वर्तमान समस्या समाधान हुने बताए । यसैगरी नेकपा माओवादीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको आयोजनामा शुक्रबार १२६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । कार्यक्रमका वक्तहरूले एकीकृत जनक्रान्ति सम्पन्न गर्नका लागि मजदुर आन्दोलनलाई शसक्त बनाउनु पर्नेमा जोड दिएका थिए । एक सय २६ वर्षअघि अमेरिकाको सिकागो सहरका मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन गरेको स्मरणमा अन्तर्राष्ट्रिय मजदुर मनाइँदै आएको छ । कार्यक्रममा बोल्दै सेक्रेटरी उभारले अन्तर्राष्ट्रिय मजदुर दिवसको इतिहासमाथि प्रकाश पारेका थिए । उनले एकीकृत क्रान्तिले मात्र सबै उत्पीडितका माग सम्बोधन गर्ने भएकाले त्यसमा केन्द्रित हुन आग्रह गरे ।  महासंघ कास्कीका संयोजक विजय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य खड्क राई र सञ्चालन सदस्य हरि थापाले गरेका थिए । यसैगरी जिफन्ट गण्डकी धौलागिरी र पेशागत माहासंघ नेपाल गण्डकी अन्चल समन्वय समितिले भुकम्पमा परि निधन भएका हरुको सम्झनामा संयुक्त आयोजनामा श्रद्धाञ्जली कार्यक्रम ग¥यो । १२६औ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई अकल्पनीय माहाभुकम्पबाट ज्यान गुमाएकाहरुको सम्झना गर्दै श्रमिकहरुले श्रद्धान्जली अर्पण गरी मनाएका हुन्  ।
कार्यक्रमका नेकपा एमाले अन्चलका इन्चार्ज जगत विश्वकर्माले यो दुःखद् घडीमा समस्त मजदुरहरु एक भइ राहत र उद्धार कार्यमा लाग्न जोड दिनुका साथै अझै मुलुक सामन्ती संस्कार र संस्कृतिबाट जकडी रहेकोले त्यसको अनत्य नभएसम्म समतामूलक राज्य निर्माण गर्न नसकिने स्पष्ट पारे । सभासद चुणमणि जंगलीले भूकम्पमा परी अकाल मृत्यु भएकाहरुको  चिर आत्मको शान्तिको कामना गर्दै अहिले सबै जना नअलमलिकन छिटो भन्दा छिटो राहत वितरण र भूकम्प पीडितको सहयोग गर्नमा अघि बढनुपर्नेमा जोड दिए । कार्यक्रम पेशागत महासंघ गण्डकी समन्वय समिति तथा जिफन्ट गण्डकी धौलागिरीको संयुक्त आयोजनामा भएको थियो  ।

Post a Comment

 
Top