गोल्डेन न्यूज संवाददा
तमु धिं नेपालले आफ्नै कार्यालयको परिसर पोखरा ९ नयाँबजारमा स्थापना गरेको महाभूकम्प पीडित उद्धार, राहत तथा पूनःस्थापना केन्द्रमा रहेका भूकम्प पीडितहरुलाई भोजनदान गर्नेहरुको भीड नै लागेको छ । आइतवार विहान देखि अपरान्हको खाजा कास्की खिलाङ गाँउको सिन्कुह«ों घोताने चेलीवेटीले भोजनदान, खाजा दान गरे भने बेलुका खिलाङ तमु समाजका अध्यक्ष क्या.गणेश गुरुङले छोरा सागर गुरुङको जन्मदिनको अवसरमा भोजनदान गरेका छन् । यसरी नै सोमवार पोखरा न्युरोडस्थित माईकल ज्याक्सन फ्यान क्लवले भोजनको व्यवस्था गर्ने भएको छ भने पोखराका विभिन्न व्यक्ति, संघसंस्था, काठमाण्डौं लगायत विदेशमा रहनुभएका महानुभावहरु बाट जेठ २३ गते सम्मका लागि भोजनदानका लागि बुकिङ भईसकेको तमु धिं नेपालका प्रचार संयोजक हुमबहादुर गुरुङले जानकारी दिए । पुर्नस्थापना केन्द्रमा अहिले १४५ जना घाइते, विस्थापितहरु पूनःस्थापना केन्द्रमा रहेका छन् । १९ दिनको भूमिका गुरुङदेखि ८५ वर्षीय धनबहादुर गुरुङ पुनःस्थापना केन्द्रमा सेवा लिइरहेका छन् । केन्द्रमा ३४४ जना आगमन भएकोमा १९९ जना परिवार वा आफन्तको जिम्मेवारीमा घर वा आफन्तसँग फर्केकाछन् । केही गाँउ पुगेर पुनः पुर्नस्थापना केन्द्रमा फर्केका छन् ।पोखरा १ बगरका दुर्गा लक्ष्मी÷जगतबहादुर गुरुङले लत्ताकपडा सहित ५ हजार, नदीपुरकी विष्णुमारी गुरुङले भोजनका लागि १० हजार ५, रामबजार उत्तमटोलका चन्द्रदेवी गुरुङले ५ हजार राहत, पोखरा औधोगिक क्षेत्रस्थित सगरमाथा मार्ग टोल विकास संस्थाले भोजनका लागि १५ हजार सहयोग गरेको छ भने डेभिजफलकी रेश्मा गुरुङ, सभागृहचोककी गंगा गुरुङले लत्ताकपडा, जसु पौडेल, सरस्वती थापामगर, बाबुराम पन्त लगायतले राहत सामग्री सहयोग गरेको तमु धिं नेपालले जनाएको छ । यसै विच अमेरिकामा कार्यरत सुनिल आचार्यले पठाएको रकमबाट भूकम्प पीडित परिवारलाई अतिआवाश्यक त्रिपाल १५ थान तमु धिं नेपालका महासचिव रुद्रकुमारी गुरुङ मैनाले पीडित परिवारले वितरण गरेका थिए । यसैगरी भोजनदाता सिन्कुह«ो घोताने चेली बेटी र क्या. गणेश गुरुङको श्रीमान श्रीमतीलाई तमु धिं नेपालले एक कार्यक्रम आयोजना गरी स्वागत सम्मान गरिएको थियो । केन्द्रमा गोर्खा जिल्लाको गुम्दा, सिङला, लाप्राक, उहिया, बारपाक, पाङसिङ, सौरपानी, पोखरी, खरीकोट, मुच्चोक, सिम्जुङ्ग, मान्बु, झ्याबा, काशी गाँउ, केराउजा, लापु, सिर्दीबास गाँउ र ढलेबोट (तनहू), शक्तिखोर (चितवन), न्युरोड प्युखा(काठमाडौं) का ३४४ जना भूकम्प पीडितलाई सेवा प्रदान गरेको छ ।
Post a Comment