गोल्डेन न्यूज संवाददाता
गत महिनाको १२ गते गएको महा भूकम्पवाट कापी, कलम र किताव गुमाएका पीडित स्कुले विद्यार्थीको नियमित पठनपाठनका लागि पाँच वर्षे बालिका राहत संकलनमा लागेकी छन् । कास्कीको राजाचौतारा स्थाई घर भई पुरुञ्चौर गाविसको भारती भवन उच्च माविको कक्षा एक मा अध्ययनरत पाँच वर्षीया बालिका सुशिद्धी तिवारीले पुरुञ्चौर लगायतका आसपासका स्थानमा राहत संकलन कार्य गरेकी हुन् । मोटुपत्लु र कार्टुन हेर्न मनपराउने बालिका तिवारीले वैसाख १२ गतेबाट कार्टुन च्यानल नहेरेको र नेपाली टेलिभिजनका च्यानलहरुमा मान्छे मरेका घर भत्किएका र आफ्नै उमेरका बच्चाहरु रोएकाले उनीहरुलाई खुसी बनाउन राहत संकलन गरेको बताईन् । उनले भनिन्–“म जस्तै साथीहरुको घर पुरिएर रोएकाले उनीहरुको किताव, कापी र पेन्सील किन्न पैसा उठाएकी हुम् ।” हातमा रेडकक्रसको लोगो अंकित झण्डा लिएकी एक बालिका मैले फोटो खिचे पछि लजाउँदै भनिन्–खै अंकल कस्तो आयो ? नजिकै आएपछि उनलाई सोधे तिम्रो घर कस्स्तो छ नी ? उनले आफ्नो घर केहि नभए पनि घर भित्र बस्न डर लागेको बताउँदै दिनभरी राहत संकलनमा हिंडेको धारणा राखिन् । म जस्तै घेरै साथीहरु र मेरो ममी र मेरा साथीका ममिहरुलाई पनि राहतका लागि हिंड्न भनेको बताउँदै भनिन्“ हामी साना साना बच्चा राहत माग्न जाँदा दिएनन् त्यसैले ममिहरुलाई पनि सँगै लिएर हिंडेका हुम्, आज त साथीहरु पनि कता गएछन् कुन्नी आएकै छैनन् अव म वोलाएर पैसा उठाउन जाने हो ।” घरमा चाडवाडमा टिका लगाएर दिएको पैसाको केहि रकम भूकम्प पीडितलाई दिएर राहत संकलन काम सुरु गरेको पनि उनको भनाई छ । उनले भनिन्–मेरो खुतुर्केबाट फाईभ हन्डूेड झिकेर पैसा उठाउने काम सुरु गरेकी हुम्, त्यस पछि ममिसँग अनि आमा र बा सँग पनि पैसा मागे पछि वरपरका साथीका ममिहरुसँग पनि पैसा उठाउन सुरु गरेकी हुम् ।” पैसा कति उठाउने भन्ने प्रश्न खस्न नपाउँदै उनले भनिन–“अहिले सम्म कति भयो गनेकी छैन तर आन्टीले र ममिले पैसा दिनेको नाम टिप्नुभएको छ, टेन थाउजेन्ट पुगेपछि गन्ने हो अनि भूकम्प पीडित साथीहरुलाई कपी र पेन्सिल दिने हो ।” कति अंकल मामाहरुले त कपी र कलम पनि दिएको भन्दै आफ्ना स्कुलका पीडितहरुलाई कपी र कलम दिने अर्को स्कुलका विद्यार्थीलाई संकलन गरेको पैसाको सामान किनेर दिने जानकारी दिईन् । उनले भनिन्–“म त नर्सरी, युकेजी, एल केजी र वान कक्षाका लाई मात्रै दिने हो । ठूलोले त आफै किन्न सक्छन् ।” आफ्नो स्कुल संचालनमा नआएसम्म राहत संकलन कार्यलाई अगाडि बढाउने पनि उनको ईच्छा छ । उनले मसँगको गफमा भनिन्–“अंकल तपाईले पनि पैसा दिनु न ? ”
Post a Comment