गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ क्लव पोखराको आयोजनामा पोखरा उपमहानगरपालिका वडा नं. ७ मासबारको श्रीकृष्ण माध्यमिक विद्यालयमा गठित विद्यालयस्तरीय विपद व्यवस्थापन समितिका गतिविधि हरुको समिक्षा गर्दै भूकम्प आएका समय र तत् पश्चात गर्ने गतिविधि हरुको कृतिम अभ्यास गरियो । अभ्यासको क्रममा विद्यालयमा गठित विभिन्न उपसमितिहरुलाई परिचालन गरि विद्यार्थीहरुलाई भूकम्पको समयमा कक्षा कोठा भित्रै सुरक्षित रहने उपाय “घँुडा टेकी गुडुल्की”, सुरक्षित स्थानमा निस्कीने, खोज तथा उद्धार तथा प्राथमिक उपचारको कृतिम अभ्यास र मनोवैज्ञानिक परामर्श सम्बन्धमा सहजकर्ता सुशिल पराजुलीले सहजिकरण गरेका थिए । कार्यक्रममा सिद्धार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानीले क्लवले सञ्चालन गरेका परियोजनाका अवधि सकिए पनि आफ्नो तर्फबाट विगतमा संचालित कार्यक्रमहरुको दिगोपनाको लागि अनुगमनका साथै सरकार र सरोकारवाला विचको मध्यस्त कर्ताको भूमिका निर्वाह र सहयोग गर्न सदैव तत्पर रहने प्रतिवद्धता जनाए । क्लवले यस अघि पोखराका १८ वटै वडाहरुमा विपद् उत्थानशिल समुदाय निर्माण परियोजना संचालन गरी समूदाय र विद्यालय स्तरीयमा विपद व्यवस्थापन समिति र प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना प्रणाली लगायतका उपसमिति निर्माण र तालिमहरु प्रदान, विद्यालयको भवन सवलिकरण र भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि सहयोग र सहजीकरण गरेको थियो ।श्रीकृष्ण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा विपद व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीले सिद्धार्थ क्लवको सहयोगलाई प्रशंसा गर्दै विपद्को यो घडीमा भूकम्पीय कृतिम अभ्यास पुनरावलोकन कार्यक्रम अति सान्दर्भिक रहेको भन्दै सुस्त रहेको विपद व्यवस्थापन समितिका क्रियाकलापलाई सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमबाट क्लवका उपाध्यक्ष अनिल श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष सूर्य बहादुर कार्की, शिक्षक अभिभावक संघका सदस्य तथा शिक्षक शिक्षिका लगायतको ४०० जना विद्यार्थी लाभान्वित भएका थिए ।

Post a Comment