0
 नेपाली काँग्रेस पोखरा उपमहानगर कार्य समितिको सभापति विष्णुहरि बरालको सभापतित्वमा आइतबार बसेको वैठकले  विनासकारी भूकम्पमा परी ज्यान गुमाएका मृतकहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभाको कामना समेत गरेको छ । भूकम्पबाट भएको क्षति ग्रस्त घर परिवारलाई विना भेदभाव शिघ्राधी शीघ्र राहत उपलब्ध गराउन जिल्ला दैविक प्रकोप समितिसँग जोडदार माग गरेको छ । बैठकले पोखरा उप–महानगरपालिकाको पनि आफ्नो दायित्व भएको हुँदा आफ्ना क्षेत्रहरुको अनुगमन गरी राहत उपलब्ध गराउन बैठकले माग गर्दै २८ वटै वडामा कृयाशिल रहेका नेपाली काँग्रेसका इकाई समितिहरुले आ–आफ्नो वडामा पीडित परिवारलाई राहत वितरण कार्यमा सहयोग गर्ने र क्षतिको विवरण सत्य तथ्य संकलन कार्यमा जुटन बैठकले निर्देशन दिएको छ । यता, बाघमारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भुकम्पबाट घाइते भै उपचाररत् विरामीको सहयोगार्थ रक्तदान कार्यक्रम गरेको छ । लेखनाथ १७ भरतपोखरीमा आइतबार भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष डिल्लीराम बरालले बताए । सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारीले कार्यक्रम संयोजक रहेका पहिलो रक्तदाता बेलबहादुर कार्कीलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा रेडक्रस भरत पोखरी उपशाखाका सभापति यज्ञप्रसाद अधिकारी, सुरक्षा बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष माधवप्रसाद कँडेल, भरतपोखरी साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष रामजीप्रसाद अधिकारी, पालुवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सरोजराज अधिकारी, प्रगतिशील बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर अधिकारी, भरतपोखरी बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट विश्लेश्वर आचार्य हरामी, बागमारा एकेडेमी गार्डेनका प्रिन्सिपल तिलक अधिकारीले शुभकामना मन्तव्य दिएका थिए । संस्थाका उपाध्यक्ष सावित्री तिवारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव नन्दलाल काफ्लेले गरेका थिए ।।

Post a Comment

 
Top