0
गोल्डेन न्यूज संवाददाता
 नयाँ शैक्षिक सत्र २०७२ को थालनीसँगै साइनिङ स्टार आ.मा.वि.बैदाम ६ मा जुरेस पुनर्गठन गरिएको छ । निवर्तमान जुरेसका अध्यक्ष विराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जुरेसका सम्पूर्ण नयाँ तथा पुराना कमिटीका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । नयाँ जुरेस कमिटीको गठनमा कक्षा ८ की छात्रा भावना रसाइली अध्यक्ष, कक्षा ९ की छात्रा प्रिया बराल उपाध्यक्ष, कक्षा ८ की छात्रा पार्वती कार्की कोषाध्यक्ष र कक्षा ८ कै छात्रा प्रीति गुरुङ्ग सचिव पदमा मनोनित भएका थिए भने सदस्यहरुमा सफल भण्डारी कक्षा ९, बविता राना कक्षा ९, वर्षा भुजेल कक्षा ८, सागर डिसी कक्षा ८, पविन घर्ती कक्षा ८, मनिषा नेपाली कक्षा ९, सविना रसाइली कक्षा ७, रिना राई कक्षा ७ र निशा तिवारी कक्षा ८ गरी १५ सदस्यीय कमिटीको गठन गरिएको छ भने शिक्षक नायकको रुपमा कृष्णप्रसाद ओझा र सहनायकमा कृष्ण प्रसाद तिमिल्सिना रहेका छन् । नयाँ जुरेसलाई आफ्नो जिम्मेवारी र कर्तव्यको बारेमा प्रकाश पार्दै विद्यालयका प्रअ नारायण प्रसाद पाण्डेले उनीहरुलाई सफलताको शुभकामना दिएका थिए भने शिक्षक नायक तथा गत वर्षका जुरेस अध्यक्ष, उपाध्यक्षले पनि आफ्ना अनुभव नयाँ साथीहरुलाई सुनाएका थिए । प्र.अ.को प्रमुख आतिथत्यता मा सम्पन्न कार्यक्रम शिक्षक कृष्ण गिरीले संचालन गरेका थिए ।यसैगरी ज्योतिकुञ्ज जुनियर रेडक्रस सर्कलको भेलाले ११ सदस्यीय कार्यसमितिको पुनर्गठन गरेको छ । जसमा अध्यक्ष छात्रा बविता परियार, उपाध्यक्ष प्रमिला गुरुङ, सचिव मिशा गुरुङ, सहसचिव रोश्नी थापा, कोषाध्यक्ष श्रद्धा थापा रहनुका साथै सदस्यहरुमा समिर थापा, लोकेश पुन, रविन गुरुङ, असिम कार्की, स्मृति गुरुङ चयन भएका थिए । उक्त कार्यकालको सफलताको शुभकामना दिनेक्रममा यसै विद्यालयका निर्देशक बालाकृष्ण शर्माले सपथ ग्रहण गराएका थिए । संरक्षक प्र.अ. पुरन कुँवरले र शिक्षक नायक सुमन अधिकारी, रेखा कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण लम्सालले गरेका थिए । 

Post a Comment

 
Top