गोल्डेन न्यूज संवाददाता
भूकम्प पीडितहरुको लागि राहत प्रदान गर्न स्वतस्फूर्त रुपमा गठित भूकम्प पीडित राहत संकलन पर्यटन समितिले बुधबार र बिहीबार गोर्खा र लमजुङ जिल्लाका भूकम्प पीडितहरुलाई करीब १२ लाख बराबरको राहत सामाग्री बितरण गरेको छ । समितिले गोर्खाको उत्तरी क्षेत्रमा पर्ने बगुवा गाविसको वडा नम्बर ३ खान्चोकका १ सय तथा लमजुङ जिल्लाको मोहोरिया गाविसको वडा नम्बर ९, कुवाकोटका २५ परिवार एवं गोर्खाको पालुङटारको विभिन्न क्षेत्रमा रहेका ८० परिवारकहाँ पुगी पीडित परिवारलाई राहत बितरण गरेको हो । राहत सामाग्री बितरण गर्दा हरेक परिवारलाई ओत लाग्ने त्रिपाल,ओच्छ्याउने म्याट, ओड्ने कम्बल,हातमुख जोर्न चाहिने चामल, दाल, चना, तेल, चिनी, चियापत्ति, बिस्कुट, चाउचाउ सहितको राहत सामाग्रीहरु समावेश गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । यसैगरी समितिले लमजुङको मोहोरिया गाविसमा रहेको दैवी प्रकोप उद्धार समितिलाई त्यहाँका पीडितहरुसम्म पुग्ने गरी ५४ थान त्रिपाल पनि बितरण गरेको पोखरा पर्यटन परीषदका अध्यक्ष सोमबहादुर थापाले बताए । उनका अनुसार समितिले योभन्दा अगाडि पनि जिल्ला दैवी प्रकोप उद्धार समितिको आग्रहमा लमजुङ, धादिङ,गोर्खा लगायतका जिल्लाका विभिन्न क्षेत्रमा राहत सामाग्री प्रदान गरिसकेको छ । एउटा परिवारलाई तत्काल चाहिने सबै सामानहरु समावेश गरिएको राहत सामाग्री पाएपछि पीडितहरु खुसी भएका थिए । भूकम्पले दुखजेलो गरेर बनाएको घर भत्केपछि कहाँ बस्ने भन्ने समस्याले पिरोलिएकी गोर्खा खाच्चोककी सुनिता घिमिरेले राहत प्याकेज पाएपछि आफूलाई खानाको समस्या नभएकोले भत्केको घरमा पुरिएको सामान खोतल्न सजिलो भएको प्रतिक्रिया दिइन् ।
यता लमजुङको मोहोरिया गाविसका शम्भु गुरुङले राहत पाएपछि दुःख भुल्न सजिलो भएको प्रतिक्रिया दिए । गाउँमा भत्केका र चर्केका घरहरुमा बस्न समस्या भएको उनको गुनासो थियो । भूकम्प पीडित राहत संकलन पर्यटन समितिका अध्यक्ष गणेश बहादुर भट्टराईसहित नेपाल पर्यटन वोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, पोखरा पर्यटन परीषदका अध्यक्ष सोमबहादुर थापा, उपाध्यक्ष चिरजिवी पोखरेल महासचिव रामु गौतम, नाट्टा पश्चिमाञ्चलका अध्यक्ष पोमनारायण श्रेष्ठ, पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष विप्लव पौडेल, टानका पूर्व अध्यक्ष नारायण सापकोटा, एगाका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, टेसाका निवर्तमान अध्यक्ष नवराज अधिकारी पोखरा पर्यटन परीषदका सदस्य महेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी जयराम तिमिल्सिना लगायतले पीडितहरु लाई राहत वितरण गरेका थिए ।गोर्खा र लमजुङको अन्य क्षेत्रको समेत वस्तुस्थिति बुझेपछि भूकम्प पीडित राहत संकलन पर्यटन समितिका अध्यक्ष गणेशबहादुर भट्टराईले भूकम्प पीडितहरुको जीवन अत्यन्तै कष्टकर रहेकोले थप राहत सामाग्री पठाउने तथा अघिल्लो चरणमा पुनस्र्थापनाको अर्को प्याकेज तयार गरिने जानकारी दिए । उनका अनुसार घरबारविहीनहरुको लागि कसरी घर निर्माण गर्न सकिन्छ भन्नेबारे समितिले अध्ययन थालेको छ । केही सरकारी लगानी र बढी निजी क्षेत्रको सहयोगमा त्यस्ता घरहरु बन्न सक्ने बताउँदै उनले पर्यटन व्यवसायीहरु यो अभियानको लागि तयार भएको बताए । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले भूकम्प पीडित क्षेत्रहरुमा एकपटक राहत बाँड्दैमा आफ्नो कर्तव्य नसकिने तथ्यप्रति संवेदनशील बन्न पर्यटन व्यवसायीहरुसँग अनुरोध गरे । यसैगरी बैशाख १२ गते गएको महाभुकम्पबाट प्रभावित गोरखाका विभिन्न गाँउमा सेन्चुरी पर्यटन व्यवसायी समिति कास्कीले राहत वितारण गरेको छ । कास्कीको धम्पुस, लान्द्रुक, घान्द्रुक, घोरेपानी लगायतका स्थानका होटल व्यवसायीहरुबाट संस्थाले संकलन गरेको रकमबाट राहत सामाग्री खरिद गरि गोरखाका तिन स्थानलाई केन्द्र बनाई १२ लाख बराबरको राहत सामाग्री वितारण गरेको हो । समितिले राहत वितारण कार्यक्रम अन्र्तगत गोरखाको चाइनाधारा, आरखेत र बालुवा गरि तिन स्थानलाई केन्द्र बनाई चामाल, चिनी, नुन, चियापति लगायत दैनिक उपभोग्यका वस्तु र पाल वितारण गरेको छ । तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद को समन्वयमा राहत सामाग्री वितारण गर्न सम्बन्धित क्षेत्र मै पुगेको टोलीले गोरखाको थुमि गाविस अन्र्तगत आरखेत, बाँसपुर, स्वाँरा गाँउ, जामुने, सेखमान्द्रे, धारापानी र चिनखोक गाँउका प्रभावितहरु लाई वितारण गरेको थियो । यसैगरी टोलिले गोरखाको सिम्जुङ्ग, बालुवा, पोखरी, स्नान, सोरापानी, युइया, लावु, गुम्दा, सिलगाँउ, मन्द्रे लगायतका गाँउका प्रभावितलाई राहत वितारण गरेको थियो । महाभुकम्पका वस्ताविक प्रभावित क्षेत्र मै पुगी राहत वितारण गर्ने उद्देश्यले सेन्चुरी व्यवसायी समितिका पदाधिकारीहरु गोरखाका गाँउहरु मै पुगेको संस्थमा अध्यक्ष अध्यक्ष दलबहादुर गुरुङले बताए । वास्ताविक प्रभावितहरुले राहत नपाएको खबरहरु बराम्बर मिडियामा आइरहेको बताउँदै उनले पीडित लाई नै राहत वितारण गर्न पाउदा खुसि व्यक्त गरे । “पर्यटकलाई लोभ्याउदै दल भात बेचेको पैसा कटौती गरेर प्रभावितलाई छुट्याएको रकम दुरुपयोग हुन नपाओस् भनि हामी प्रभावित क्षेत्र मै पुगेका हौँ” उनले भने–“वास्ताविक प्रभावित मानिसहरुलाई राहत वितारण गर्न पाउँदा खुशि लागेको छ ।” त्यसैगरी राहत सामाग्री पाए पछि प्रभावितहरुले खुसि व्यक्त गरेका थिए । सरकारी निकाय बाट अहिले सम्म कुनै राहत नपाएको गुनासो गर्दै प्रभावितहरुले निजी संस्थाले गरेको राहत प्रति धन्यवाद दिएका थिए । संस्थाले अगामी दिनमा विभिन्न जिल्लामा प्रभावितहरुलाई राहत वितारण गर्ने समेत प्रतिवद्धता गरेको छ ।

Post a Comment