नेपाली साहित्य, कला, गायन, संचार, उद्योग वाणिज्यका साथै राजनीति लगायत विभिन्न क्षेत्रमा ख्याति कमाएका पूर्व विद्यार्थीहरुले यसपटक विद्यालयलाई सहयोग गर्नुपर्नेमा चापाकोट गाविसका पूर्व अध्यक्ष समेत रहेका विद्यालयका पूर्व शिक्षक एवं व्यवस्थापन समितिका पूर्व अध्यक्ष भेषराज पराजुलीले जोड दिए ।त्यहाँ पुगेका कास्कीका जिशिअ अम्विका आचार्यले जिल्लाभरमा करिब ७५ विद्यालयमा भुकम्पका कारण क्षति पुगेको भएपनि मर्मत हुन नसक्ने अवस्थामा रहेका केही विद्यालयमा एक साताभित्रै अस्थायी कक्षा कोठा संचालन गरिने जानकारी दिए ।
विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको सिद्धार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानीले युवा स्वयंसेवीहरुको खाँचो नरहेको तर युवालाई परिचालन गर्न सरकारी तथा गैह्रसरकारी निकायले उपयुक्त नीति तयार गर्न नसक्दा युवाहरुको शक्ति खेर गएको गोल्डेन न्यूज दैनिकलाई बताए । युवा स्वयंसेवक परिचालन संयोजक दिपेन्द्र श्रेष्ठले भुकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माणका लागि स्रोतसाधनको समस्या नहुने भन्दै युवाहरकोे उर्जालाई राष्ट्र निर्माणमा लगाउन आपसी समन्वयको खाँचो औंल्याए ।
पञ्चकोशी निमाविमा भुकम्पका कारण विद्यालयको पर्खाल भत्किनुका साथै त्यहाँ रहेका फर्निचरमा समेत क्षति पुगेकोले करिब ३० सेट डेस्कबेन्चको आवश्यकता रहेको विद्यालयले जनाएको छ । विद्यालयको एउटा भवन पुनःनिर्माणका लागि अन्नपूर्ण लायन्स क्लवले चासो देखाएको र अर्को भवनका लागि पनि सहयोग प्राप्त सम्भावना बढेको बताइन्छ । यसका साथै आवश्यक फर्निचरको व्यवस्थाका लागि विभिन्न व्यक्ति र संस्थासंग समन्वय गरि सहयोग जुटाउने सोही विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले प्रतिवद्धता जनाएको बताइन्छ । पराजुलीमार्फत पोखराका व्यवसायी पवन प्रजापति र इसीइसी मण्टेश्वरीलेका संचालक दीपेन्द्र मर्सानीले ५ सेट फर्निचर उपलव्ध गराउने भएका छन् ।

Post a Comment