0

गोल्डेन न्यूज संवाददाता
‘शोकलाई शक्तिमा बदलांै’ भन्ने नारा सहित लेखनाथ ७ तालचोक स्थित नेशनल एफएमको आयोजनामा भूकम्पवाट मृत्यु हुने मृतकका आफन्तहरु प्रति समवेदना प्रकट गर्दै वृहत दीप प्रज्वलन कार्यक्रम भएको छ । वैशाख १२  र २९ गते भएको भूकम्पबट मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली र  घाइतेहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि पश्मिाञ्चल क्षेत्रीय कार्यालय पोखराका शाखा अधिकृत रामजी प्रसाद कोइरालाले भूकम्प पीडितका लागि आफ्नो ठाउँवाट सहयोग गर्न आग्रह गरे । कार्यक्रममा उनले राहत वितरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आफू तत्पर रहेको र सबैलाई शोकको घडीमा सहयोग गर्ने बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरी, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्रमणि लामिछाने लगायतले बोलेका थिए । दीप प्रज्वलन कार्यक्रममा लेखनाथ स्थित विभिन्न आमा समूह, राजनीति पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी, उद्योगी, वृद्ध, वालक लगायतको उपस्थिति रहेको थियो । मन जित्नु छ संगीतले सुसचेत गराउनुछ छ संगीतले भन्ने नाराका साथ स्थापना भएको एफ एमले यस्ता खालका समाजको लागि हित हुने काममा सदैव तयार रहने संस्थाका उपाध्यक्ष थानेश्वर तिवारीले जानकारी दिए । करिब ७ सय स्थानीयको उपस्थित कार्यक्रममा स्वागत मन्तव्य सचिव रोशन कोइरालाले गर्नुका साथै सञ्चालन समाचार प्रमुख सन्दिप पौडेलले गरेका थिए ।

Post a Comment

 
Top