गोल्डेन न्यूज संवाददाता
पोखरामा चार दशक अघि स्थापित युवाहरुको सामाजिक संस्था पोखरा जेसीजले वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको जेसीज वीकइण्ड २०१५ पुनः सञ्चालन भएको छ । वैशाख ११ देखि १३ गतेसम्म तय भएको कार्यक्रम विनाशकारी महाभूकम्प का कारण दोस्रो दिनमै स्थगित भएको थियो । वैशाख १२ गते पोखरा उद्योग वाणिज्य संघ अमृत कक्षमा आईटी क्षेत्रबारे कन्फरेन्स जारी रहँदा भुकम्प गएपछि प्रभावित वीकइण्ड कार्यक्रम अब शुक्रबार र शनिबार हुनेछन् । यसअघि, वैशाख ११ गते कास्कीको धिताल गाविसमा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भईसकेको छ । भेडाबारी स्थित रेक्रस भवनमा फिस्टेल हस्पिटल गैह्रापाटनको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट चार सय ५० जना लाभान्वित भएको पोखरा जेसीजका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । भूकम्पका कारण पूर्वनिर्धारित कार्यक्रम समेत हेरफेर भएको छ । लगातारको परकम्पनले भुकम्पको त्रास अझै नहटेको र यसबाट विद्यार्थी तथा बालबालिका हरु बढि प्रभावित भएकाले शुक्रबार भुकम्पले पारेको असरबारे आध्यात्मिक तथा मानसिक परामर्श कार्यक्रम सञ्चालन गरिने भएको छ । आध्यात्मिक तथा मानसिक परामर्श अभियान, पश्चिमाञ्चलको सहयोगमा जिरो कि.मि. स्थित न्यू ऐरा रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा विहान १० बजेबाट ११ः३० बजे सम्म हुने कार्यक्रममा उपस्थितिका लागि विद्यार्थीहरुलाई संयोजक देवराज शर्माले अनुरोध गरेका छन् ।
यस्तै, शुक्रबार नै मध्यान्ह १२ बजे देखी ३ बजे सम्म शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग विषयक कार्यशाला गोष्ठी एवं अन्तत्र्रिmया कार्यक्रम हुनेछ । एसएलसी दिएका विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा श्रोत व्यक्ति एलेन वायोचन तुलाधर रहेका छन् भने माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल, जिल्ला शिक्षा कार्यालय कास्की र क्यान कास्कीको सहयोग रहेको छ । अन्तिम दिन शनिबार स्थानीय निकायमा रहेका विभिन्न क्षेत्रका उद्यमीव्यवसायीहरुबीच कार्यशाला गोष्ठी हुनेछ । न्यू एरा मै विहान १०ः३० बजे बाट ४ बजेसम्म हुने कार्यक्रममा उद्यमी व्यवसायीलाई श्रोत व्यक्ति एलेन वायोचन तुलाधरले नै सहजीकरण गर्ने संयोजक दीपेन्द्र पहारीले जानकारी दिए । यसैगरी भूकम्प प्रभावितहरुलाई लक्षित गरि पोखराबाट थालिएको आध्यात्मिक तथा मानसिक परामर्श अभियानमा सम्पूर्ण धार्मिक तथा आध्यात्मिक संघसंस्थाहरु एकजुट भएका छन् । अभियानको शुक्रवार सम्पन्न वैठकले सम्पूर्ण धार्मिक तथा आध्यात्मिक संघसंस्था, मानोविश्लेषक सवैलाई समेट्नेगरी साझा प्याकेज कार्यक्रम समेत तय गरेको छ । जुन कार्यक्रम यही आइतबार पहिलोपटक माउण्ट कैलास रिसोर्ट लेकसाइडमा बिहान ६ वजे संचालन गरिने छ । डा.लेखनाथ आचार्य र मीन गुरुले प्राथनासँगै सुरुवात हुने कार्यक्रममा योग प्रशिक्षक दिपक सिग्देलले पतंजलीको प्रणायम,स्वामी प्राथमिक न्यौपानेले ओशोको कुण्डलिनी जागरण, श्यामश्याम संघको भजनकीर्तन टिमले भक्तिभजन, मानवधर्मका महात्मा पितम्वराले श्यास अवलोकन नियन्त्रण सँगै ध्यान, द आर्टअफ् लिभिङका प्रशिक्षक शोममाया भट्टराई र मशेश्वर गिरीले टोर्मा रिलिफ प्रोग्राम प्याकेज, डा निर्मल लामिछानेले मनोपरामर्श, डा कृष्ण केसीले भूकम्पका वारेमा जानकारी गराउने छन् । अभियानका सदस्य सचिव नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सुश्मा पौडेलका अनुसार भूकम्पले घर मात्र होइन धेरैका मन समेत क्षतविक्षत वनाएर भत्काएको र आफन्त मात्र होइन मनको शान्ति र आनन्द गुमाएका कारण शान्ती फर्काउँदै नयाँ जीवन व्यतित गर्न सहयोग पु¥याउने हेतु यो अभियान थालिएको बताइन् ।

Post a Comment