गोल्डेन न्यूज संवाददाता
दुई छिमेकी मुलुक भारत र चीनका सरकार प्रमुखले नेपालको पुर्नस्थापना, विकास र व्यापारको विषयमा चासो दिंदै त्रिपक्षिय सहकार्य गर्ने प्रस्ताव अघि बढाएका छन् । नेपालको सार्वभौकिता ध्यान दिई दुवै छिमेकी मिलेर विनाशकारी भुकम्पको कारण समस्यामा परेको नेपालको द्रुत विकाशमा काम गर्न आफूहरु लाग्न पर्नेमा सहमत हुँदै त्यस्तो प्रस्ताव अघि बढाएका हुन् । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश सहायक मन्त्री लिउ जियानचाओको नेतृत्वमा ११ सदस्यीय टोलीले प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेसँगको छुट्टाछुट्टै भेटमा उनीहरुले त्यस्तो प्रस्तावबारे जानकारी गराएका हुन् ।नेपालको विकास प्रक्रियामा सहयोग गर्न चीन सधै तयार रहेको भन्दै अब चीन र भारतबीच हुने दुईपक्षीय व्यापारमा नेपाललाई पनि संलग्न गराएर विकास प्रक्रियामा ल्याउन पर्नेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा नेपालको विकासमा चिन्ता र चासो देखाएर त्यस्तो छलफल भएको हो । त्रिपक्षीय सहकार्य गर्नुपर्ने विषयहरु नेपालका नेताहरुले गर्दै आएको अवस्थामा चीन र भारतले त्रिपक्षीय सहकार्यमा जोड दिएको यो पहिलो पटक हो । यसअघि धेरै विषय भए पनि औपचारिक रुपमा कसैले पनि यस्तो प्रस्ताव अघि बढाउन सकेका थिएनन् । ‘नेपालको सार्वभौमिकता ध्यान दिएमा हामीलाई स्वीकार हुने सहयोग गर्न र सहकार्य हुन्छ भने त्यसमा हामीहरु नकारात्मक हुनुपर्ने छैन’ परराष्ट्रमन्त्री पाण्डेले भने । उनले भारत र चीनको उक्त कार्यलाई नेपाल सरकारले राम्रो अवसरको रुपमा आफ्नो एजेण्डालाई स्पष्टरुपमा राखेर यस्तो सहकार्यमा फाइदा लिन सक्नुपर्ने बताए । चीनले यसअतिरिक्त पुर्न्निर्माण र पुनःस्थापनाका लागि नेपाल सरकारले स्पष्ट खाका दिएमा आफ्नो तर्फबाट सहयोगको प्रस्ताव समेत अघि बढाउने बताएका छन् । तत्कालका लागि महाभुकम्पको विपतमा परेकालाई उद्धार तथा राहतमा दुई मुलुक मिलेर सहयोग गर्नुपर्ने उनले बताए । भुईचालो गएर ठूलो विपतमा परेको मुलुक नेपालमा आफ्नो तर्फबाट गर्न सक्ने सहयोगसँगै दुईपक्षीय रुपमा सार्वभौकितालाई हेरेर मिलेर सहयोग गर्ने बताए । दुईपक्षीय उद्योग, व्यापर व्यवसायलाई त्रिपक्षीय बनाउँदै लैजाने विषयमा ख्याल गर्नपर्नेमा पनि जोड दिइएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए । चीनले सहयोगसंगै नेपालको सार्वभौमिकता हेरेर छिमेकले नेपालको विषयमा यत्तिको चिन्तन गर्नु आफैमा राम्रो पक्ष रहेको परराष्ट्रमन्त्री पाण्डेको धारणा छ । प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले दुईपक्षीय सहयोगमा आफूले के सहयोग गर्न सकिन्छ भनेर राष्ट्रपति सि जिनपिङको सन्देश लिएर नेपालआएका सहायक मन्त्रीले महभुकम्पपछि पुर्नस्थापनाका लागि कस्तो सहयोग गर्न सकिन्छ त्यो खाका मागेको पनि बताए । नेपालको आवश्यकता अनुसार, सहकार्य हुने उनले स्पष्ट पारेको छ । नेपाल भारत चीनबीच हुने सहकार्यको विषयमा पनि छलफल भएको तर नेपालले तयार गर्ने खाकाबारे अन्तिम टुंगो लागेपछि सहयोगको लागि आग्रह गरिने बताए । चीनले महाभूकम्प पछि दुई अर्व ३० करोड सहयोग गरिसकेको छ । त्यसको अन्तिम राहत एक अर्व ३१ करोडको राहत एक दुई दिनमा नेपाल आइपुग्ने पनि बताए । नेपालको विकासमा चिनियाँ राष्ट्रपति सिको धारणा स्पष्ट रहेको भन्दै विकास कार्यमा सघाउन आफूहरु तयार रहेको तर नेपालले नै यसको नेतृत्व गर्नुपर्नेमा उनीहरुले जोड दिए । यसअघि उनीहरुले परराष्ट्र सचिव शंकरदास बैरागीसँग भएको छलफलमा भुकम्पबाट लगातार रोकिएको दुवै नाकालाई दिगो रुपमा खुलाउने कार्यमा पनि छलफल भएको बैरागीले बताए । उत्तरी छिमेकी चीनको सहायक विदेशमन्त्री जियानचाओ को टोली नेपाल आउनु एक दिन अघि चीनको थप राहत काठमाडौं आइपुगेको थियो । टोली आउने अघिल्लो दिन नै विभिन्न ३३ ट्रक राहत सामाग्री नाकाबाट र एक चार्टर फलाइट काठमाडौंमा आएको थियो । उक्त राहतमा मेडिकल सामाग्री र मोवाइल अस्पतालहरु रहेको र त्यो सबै नेपाली सेनालाई हस्तान्तरण गर्ने समेत उल्लेख छ ।
Post a Comment