0
कास्कीको काहुँडाँडास्थित काहुँकोटमा ८० फिट अग्लो बुद्धको मूर्ति बनाइने भएको छ । उक्त ठाउँमा यशोधरा वाटिका पनि निर्माण गरिनेछ । पोखरालाई पर्यटकीय एवम् धार्मिक रूपमा विकास गर्ने उद्देश्यले उक्त निर्माण कार्य गरिने बताइएको छ । करिब १७० रोपनी जमिनमा निर्माण गरिने उक्त यशोधरा वाटिकास्थलमा यशोधराको प्रतिमा, ध्यान केन्द्र, बुद्ध दर्शनसम्बन्धी पुस्तकालय र गेष्ट हाउससमेत निर्माण गरिने निर्माण समितिका संयोजक रुद्रकुमारी तमुले जानकारी दिए ।

Post a Comment

 
Top