0
यही वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी मुलुकभर सर्वसाधारणका हालसम्म एक लाख ९१ हजार ५८ घर पूर्ण रूपमा क्षति भएको र एक लाख ७५ हजार १६२ घरमा आंशिक क्षति भएको छ । त्यस्तै १० हजार ७१८ सरकारी भवन पूर्ण रूपमा क्षति भएका र १४ हजार ७४१ सरकारी कार्यालयमा आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले भूकम्पबाट क्षति भएका सरकारी भवनको मात्र जाँच गरिरहेकाले निजी क्षेत्रका घर बस्नयोग्य छन्÷छैनन् भन्ने जाँचका लागि सरकारले एसोसिएसनलाई परामर्श गरी अन्य सङ्घसंस्थाको सहयोगका साथ सो अनुमति दिएको थियो । यसैगरी भूकम्पले चर्किएका घर निःशुल्क रूपमा जाँच्नका लागि सयौँ इन्जिनियर स्वयम्सेवकका रूपमा स्थलगत अनुगमनमा खटिएपछि काठमाडौँ उपत्यकामा घर जाँच गराउनेको घुइँचो लागेको छ । नेपाल इन्जिनियर्स एसोसिएसन को आह्वानमा भूकम्पले क्षति पु¥याएका घर बस्न योग्य रहे÷नरहेको यकिन गर्न उपत्यकामा दुई हजार दुई सयभन्दा बढी इन्जिनियरले मंलबार साँझसम्म १३ हजारभन्दा बढी घरको जाँच गरिसकेका छन् । एसोसिएसनको कार्यालयमा अहिले बिहानदेखि साँझसम्म ०१–५०१०२५१, ०१–५०१०२५२, ०१–५०१०२५३ र ९८४१२६००२६ नंका टेलिफोनमा भूकम्पले क्षति पु¥याएका दैनिक हजारौँ घरधनीले घर जाँचका लागि आग्रह गर्दै आएका छन् । यही वैशाख १८ गतेदेखि सुरु भएको सो जाँचमा सोमबार साँझसम्म करिब १० हजारभन्दा बढी भूकम्पबाट चर्केका घरमा पुगेर इन्जिनियर टोलीले दू्रत लेखाजोखा मूल्याङ्कन गरिसकेको छ । 

Post a Comment

 
Top