यही वैशाख १२ गतेको भूकम्पबाट तहसनहस भएका नेपालका ३९ जिल्लामा राहत तथा उद्धारका निम्ति आएका विदेशी स्वदेश फर्कन थालेका छन्भने हालसम्म सरकारलाई ४० लाख अमेरिकी डलर प्राप्त भएको छ । उद्धारका लागि आएका ३४ देशका चार हजार ५० जनामध्ये टर्कीका सबै तथा जापान, अमेरिकाका आंशिक र अरु देशका क्रमशः स्वदेश फर्कन थालेका छन् । नेपाली सेनाले ३४ मित्रराष्टूबाट आएका खोज तथा उद्धार टोलीमध्ये १८ मुलुकका सैन्य टोली समावेश भएका जनाएको छ । त्यसमध्ये आज फ्रान्स, स्वीजरल्यान्ड, जर्मनी, बेलायत, बेल्जियम, क्यानडा, नेदरल्यान्ड, पोल्यान्ड, स्पेन, टर्की, अमेरीका, पाकिस्तान तथा भारतका गरी ४९८ जना स्वदेश फिर्ता भएको नेपाली सेनाले जनाएको छ ।भूकम्पमा परेर हालसम्म स्वदेशी तथा विदेशी गरी सात हजार ४९३ जनाको मृत्यु भएको छ । दैवी विपत्तिमा परेर ज्यान गुमाएकामध्ये सात हजार ३६९ को शव सम्बन्धित परिवारजनलाई बुझाई सकिएको छ । भूकम्पमा परी १२ जना निजामती कर्मचारी , नौ जना नेपाली सैनिक, नेपाल प्रहरीका चार र सशस्त्र प्रहरी बलका एकको मृत्यु भएको छ । भूकम्पमा परेर ५८ विदेशीको ज्यान गुमेको छ । सो विपत्तिमा परेर १४ हजार ३७१ घाइते भएकामध्ये ६ हजार ३८२ जनाको मुलुकमा विभिन्न अस्पतालमा उपचार भैरहेको छ । भूकम्पमा स्वदेशी तथा विदेशी गरी ३२८ जना वेपत्ता भएका गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको छ । भूकम्पबाट दुई लाख ५५२ पूर्ण तथा एक लाख ८६ हजार २८६ घरमा आंशिक क्षति भएको छ । भूकम्पछि भग्नावशेषमा पुरिएकाको जीवितै उद्धार गरिएको छ । भूकम्पबाट मुलुकका १४ जिल्ला अति प्रभावित छन् भने ३१ जिल्लामा यसको असर परेको छ । भूकम्पका बारेमा जानकारी लिन राखिएको ‘कल सेन्टर’मा २७ हजार २७० गुनासो आएकामा विशेष गरी राहतका सामग्री नआएको, भत्केको घर हटाउने गुनासो बढी आउने गरेको मन्त्रालयले जनाएको छ । राहत सामग्री प्रदानका क्रममा हालसम्म ९६ हजार २३६, चिनी ६२० क्विन्टल, नुन ५७३ क्विन्टल, चाउचाउ एक लाख ८१ हजार १३४ कार्टुन, भुजिया दुई हजार छ केजी, चीउरा तीन हजार २४९ क्विन्टल,१२ हजार ७९८ ‘केस’ पानी, २९ हजार ५३५ कार्टुन बिस्कुट र तीन हजार छ सय बोरा सिमी वितरण गरिएको छ । भूकम्पपीडितको बसोबासलाई व्यवस्थित गर्न विभिन्न सङ्घसंस्था र सरकारले एक लाख ६० हजार ७९९ पाल÷त्रिपाल वितरण गरिसकेको छ । थप एक लाख पाल भारत सरकारबाट सोमबार प्राप्त भएकाले भूकम्प प्रभावित जिल्लामा वितरणका लागि ‘कोटा’ छुट्याएर त्यसतर्फ पठाइएको छ । गृह प्रवक्ता ढकालले लाङटाङ र मनास्लु क्षेत्रमा फसेका बाहेक अन्यत्रका सबै स्थानबाट सबैलाई उद्धार गरिसकिएको बताए । भूकम्पमा घाइते भएकाको उपचारका लागि अन्तर्राष्ट्रिय समुदाय एव मित्रराष्टूबाट आएका ८७ टोलीमा एकहजार चार सयभन्दा बढी तथा मुलुकभित्रका सय टोलीमा हजारभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेको पनि उनले बताए । यसैगरी केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट यही १३ गतेदेखि हालसम्म रु एक अर्ब ७९ करोड ९० लाख पीडितको राहतका लागि निकासा पठाइएको छ । सो कोषमा रु दुई अर्ब प्राप्त भैसकेको छ । राहत वितरणलाई व्यवस्थित तुल्याउन तथा सुगमका साथै दुर्गम क्षेत्रमा पनि राहत सामग्री वितरणलाई सन्तुलित तुल्याउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रवक्ता ढकालले बताए। यस्तै भूकम्पले अवरुद्ध अरनीको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक को दोलालघाट तातोपानी खण्ड मंगलबारदेखि एकतर्फी सवारी आवागमनका निम्ति खुला गरिएको छ । त्यस्तै भूकम्पबाट अवरुद्ध बनेको रसुवा सदरमुकामसम्मको एकतर्फी बाटो पनि खुलेको छ । एडीबी र भुटानबाट चालीस लाख डलर विदेशी मुलुक तथा अन्तर्राष्टिूय दातृ निकायबाट भूकम्पपीडितका लागि सहयोगस्वरूप हालसम्म एसियाली विकास बैंकबाट ३० लाख र भुटानबाट १० लाख अमेरिकी डलर मात्र प्राप्त भएको छ । कतिपय देशबाट घोषणा गरिएको भनिएको रकम ती देशसँग सम्बन्धित दूतावास हुँदै गैरसरकारी संस्थामार्फत सञ्चालन हुने कार्यक्रममा खर्च गरिने भएकोले त्यस्तो सहयोगको अभिलेख राज्यसँग नहुने सरकारले स्पष्ट गरेको छ । भूकम्पपीडितका नाउँमा विदेशमा विभिन्न व्यक्ति र संस्थाले उठाएको रकम तथा गरेका घोषणाका बारेमा सरकालाई कुनै जानकारी नभएको पनि प्रवक्ता ढकालले स्पष्ट गरे ।
भारतका १४ हेलिकप्टरबाट ४५३ उडानभूकम्पपीडितको राहत तथा उद्धारका लागि भारतबाट आएका १४ हेलिकप्टरबाट काठमाडौँ र पोखराबाट गरी ४५३ उडान गरेको जनाइएको छ । भारतीय हेलिकप्टरले पोखराबाट गोर्खामा मात्रै १९० उडान भेरको थियो भने बाँकी काठमाडौँबाट गरेको थियो । त्यस्तै नेपाली सेनाका छ वटा हेलिकप्टरले ६०८ र निजी क्षेत्रका छ वटाले ४८७ वटा उडान गरिसकेका छन् ।
भारतका १४ हेलिकप्टरबाट ४५३ उडानभूकम्पपीडितको राहत तथा उद्धारका लागि भारतबाट आएका १४ हेलिकप्टरबाट काठमाडौँ र पोखराबाट गरी ४५३ उडान गरेको जनाइएको छ । भारतीय हेलिकप्टरले पोखराबाट गोर्खामा मात्रै १९० उडान भेरको थियो भने बाँकी काठमाडौँबाट गरेको थियो । त्यस्तै नेपाली सेनाका छ वटा हेलिकप्टरले ६०८ र निजी क्षेत्रका छ वटाले ४८७ वटा उडान गरिसकेका छन् ।
Post a Comment