गत शनिबार आएको महाभूकम्प बाट पीडित भएकाहरु को उद्धार र राहतमा कार्यमा निष्पक्ष रुपमा जुट्ने बेला भएको नागरिक समाजका अगुवाहरुले आग्रह गरेका छन् । यस्तो विपद्को बेलामा केवल सरकारको मुख ताक्ने र एक अर्कालाई दोषारोपण गर्ने भन्दा पनि सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । सचेतना समाज पोखराले आयोजना गरेको राष्ट्रिय विपत्ति र नागरिक समाजको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै भूगोलविद प्रा.डा विश्व श्रेष्ठले प्राकृतिक विपत्ति जुनसुकै बेलापनि आउने भएकोले पूर्व शर्तकता अपनाउनु पर्नेमा जोड दिए । उनले यस्ता खालका महाभूकम्प ७०÷८० बर्षको अन्तरालमा आउने गर्ने बताए । भूगोलविद श्रेष्ठले अनुसन्धानको क्रममा मुलुकमा दुई पटक महाभूकम्प १९९० र ०७२ सालमा गएको अवस्था र क्षतिको विश्लेशण गर्दा पोखरा भूकम्पीय जोखिमको दृष्टिले सुरक्षित स्थान भएको अनुसन्धानले देखाएको बताएका छन् । पोखराको भूर्गभ बनोट चट्टान, चुन, कमेरो माटोले बनेको भएकोले पानी पर्दा पग्ने भए पनि भूकम्प र पानीको कुनै सम्बन्ध नरहेको उनले बताए । उनले राष्ट्रिय विपत्तिका बेला राज्यका सबै संयन्त्र एकजुट भएर लाग्नुपर्ने र विदेशी सहयोगको पनि सहि रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । सचेतना समाजका अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक अगुवा टेकनाथ बराल, नवदत्त ढुङ्गाना, अधिवक्ता भूपनीधि पन्त, अधिवक्ता तिलक पराजुली सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष पुण्य पौडेल, शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष रामप्रसाद सुवेदी, नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल, स्वतन्त्र पत्रकार संघका पार्षद उमाकान्त शर्मा, आदर्श समाज दैनिककी व्यवस्थापक दुर्गादेवी बाँस्तोला, सचेतना समाजका सदस्य लेख बहादुर थापा, सिविन पोखराका प्रमुख प्रेम सोममेङ अधिकारकर्मी माया गुरुङ, अधिवक्ता कृष्णकुमार श्रेष्ठ, अधिवक्ता जुनाकुमारी गुरुङ, पत्रकार अनुसन्धाता शेखर पराजुली, इन्सेकका टंक खनाल, सामुदायिक समन्वय समिति कास्कीका अध्यक्ष बिष्णुबहादुर भट्टराई, उप–प्राध्यापक कमल ढकाल, पत्रकार उदय बहादुर अमात्य, सचेतना समाजका सदस्य कृष्णप्रसाद बाँस्तोला, पत्रकार दुर्गा भण्डारी लगायतले राष्ट्रिय विपत्तिका बेलामा सरकारले उद्धार र प्रभावकारी राहत संकलन र वितरणका लागि सवैसँग समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा विपत्तिका बेला राजनीतिक कार्यकर्ता, शिक्षक स्थानीय निकायका कर्मचारीहरुले पर्याप्त रुपमा सहयोग नगरेको, राहत वितरणमा अनुगमन हुनुपर्ने विदेशी सहायताको सदुपयोग हुनुपर्ने, राहत बितरण भन्दा बढी प्रचारमुखी भएको चर्चा गरिएको थियो । त्यसैगरी आपतकालिन अवस्थामा प्रत्येक टोलटोलमा बस्नका लागि सामुदायिक भवन निर्माण गरिनुपर्ने, संवेदनशिल अवस्थामा राष्ट्रिय अस्मिताको ख्याल गर्नुपर्ने सुझाव समेत उनीहरुले दिएका थिए ।
यसैगरी महिला तथा बालबालिका कार्यालय, इन्सेक क्षेत्रीय कार्यालय र सिविन पोखराको एक टोलीले भुकम्पमा घाइते भई पोखराका विभिन्न अस्पतालमा उपचार गराईरहेका पीडितहरुको अवस्थाका बारेमा अनुगमन गरेको छ । महिला तथा बालबालिका कार्यालयमा वैशाख १५ गते बसेको जिल्लास्थित विपद् व्यवस्थापन संरक्षण उप–समितिको समन्वय वैठकको निर्णय बमोजिम पीडितको उपचार अवस्था, राहत तथा सेवा सुविधाका बारेमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा भुकम्प पीडित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकको अवस्था बारेमा सरकारी तथा गैरसरकारी निकायबाट संयुक्त रुपमा अनुगमन गरी अस्पतालबाट डिस्चार्जपछि पीडितको अवस्था हेरी अल्पकालीन र दीर्घकालीन संरक्षणका लागि व्यवस्था मिलाउनका लागि पहल गरिने भएको छ । अस्पतालमा उपचार सम्पन्न भएपछि भुकम्पले घर क्षति भएका, आफन्त नभएका महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक संरक्षणको व्यवस्था मिलाउन अनुगमन गरिएको हो । अनुगमनमा महिला तथा बालबालिका कार्यालयकी जयन्ती रानाभाट, इन्सेक क्षेत्रीय कार्यालय,पोखराका टंक खनाल र सिविन पोखराका प्रेम सोङ्मेन सहभागी थिए । टोलीले पोखराको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, फिस्टेल अस्पताल र फेवासिटी अस्पतालमा उपचार गराइरहेका घाइतेहरुसंग भेटघाट गरी उपचारको व्यवस्था, राहत र सेवा सुविधाको बारेमा जानकारी लिएको हो । गोरखा, धादिङ, पर्वत,स्याङ्जा लगायतका जिल्लाका १ सय ५० घाइते उपचाररत रहेको अनुगमनमा संलग्न इन्सेकका टंक खनालले जानकारी दिए । घाइते मध्ये एक महिनाको नवालकदेखि ९१ वर्षसम्मका बृद्धबृद्धा रहेका छन् । अनुगमनका क्रममा ३२ जना बालबालिका, ४७ जना बृद्धबृद्धा र अन्य बयस्क उमेर समुहका रहेको पाइयो । विभिन्न संघ संस्थाले प्रदान गरेको राहत एकद्वार प्रणालीबाट भएको, उपचारप्रति घाइते सन्तुष्ट रहेको र हेल्पडेस्कमार्फत पीडितलाई सेवा सुविधा प्रदान गरिएको पाइयो ।यसैगरी सभासद् शारदा पौडेलले आफ्नो निर्वाचन क्षेत्रका भुकम्प प्रभावित स्थलहरुमा अवलोकन गरेकी छन् । बुधबारदेखि भुकम्प प्रभावित क्षेत्रको अवलोकनगर्दै भुकम्प पीडितका समस्या बुझ्न घरदैलो शुरु गरेकी थिईन् । उनले आर्वा, काँहु, लामाचौर, भलाम र अर्मलामा घरदैलो सकेकी छन् । स्थानीय जिल्ला सदस्य, इकाई सभापति सहित उनले घरदैलो गरेकी थिईन् । घरदैलोपछि त्यहाँका आवश्यक अनुसार राहत लिएर पुनः प्रभावित क्षेत्र जाने योजना उनको रहेको छ । यता, सामीप्य समाज नेपालले गत शनिबार गएको महाभूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । समाजका अध्यक्ष कृष्णप्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस त्रासद् घडिमा सम्बद्घ सबैसँग मिलि सकेसम्म सहयोगको हात बढाउने प्रतिबद्घता जाहेर गरिएको छ । विज्ञप्तिमा भनिएको छ,–‘अहिलेसम्म हजारौं नेपालीहरुको ज्यान गइसकेको छ भने त्यसभन्दा कैयौं बढी घाइतेको संख्या छ । लाखौँ मानिसहरु यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् । खरबौंको भौतिक क्षति भएको छ भने महत्वपुर्ण राष्ट्रिय पुरातात्विक एंव ऐतिहासिक सम्पदाहरु ध्वस्त भएका छन् । देशले राष्ट्रिय विपत्ति भोगिरहेको छ ।’ विज्ञप्तिमा महिला बालबालिका र भुकम्प पिडित असक्तहरु यत्रतत्र बेहाल अवस्थामा छरिएर रहेका भन्दै अर्को महामारी फैलिने सम्भावनाप्रति सजग हुन पनि आग्रह गरिएको छ ।

Post a Comment