गोल्डेन न्यूज संवाददाता
जिल्ला कृषि विकास कार्यालय कास्कीले आज कास्कीको ल्वाङ घलेल गाविसका ६ जना कृषकलाई मौरीका घार हस्तान्तरण गरेको छ । सरकारको सय प्रतिशत अनुदानमा युवा लक्षित कार्यक्रम अनुसार ति मौरीका घार कृषकलाई वितरण गरिएको हो । मौरीका घार वितरण गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव कमल पौडेल अथकले घार वितरण गरेर सरकारले कृषकलाई ठूलो गुन लगाएको बताए । युवा कृषकलाई हस्तान्तरण गरिएका मौरीका घारहरुका कारण आय आर्जनमा वृद्धि भई घरमै वसेर स्वरोजगार बन्न सघाउने उनले बताए । कार्यालयले मौरीका ४० वटा घार मौरीका गोला, पञ्जा, चिनी डिव्वा लगायतका सामाग्री हस्तान्तरण गरेको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्राविधिक सहायक लीलाप्रसाद पँगेनीले जानकारी दिए ।यसरी मौरीका घार प्राप्त गने कृषकहरुमा कृष्णप्रसाद दाहाल, रामप्रसाद पौडेल, नेत्रप्रसाद अधिकारी, मुक्तिनाथ तिमिल्सिना, कृष्णप्रसाद दवाडी र वावुराम गौतम रहेका छन् । युवा कृषकलाई मौरी सहितका घार र उपकरण हस्तान्तरण गरेर उनीहरुको आय आर्जन बढाउने उद्देश्यले मौरीका घार वितरण गरिएको भन्दै प्राविधिक सहायक लीलाप्रसाद पँगेनीले कृषकहरुले अवसरको सदुपयोग गर्नुपर्ने बताए ।
Post a Comment