नेपाली कांग्रेस कास्कीले पुराना नेता शुक्रबहादुर गुरुङको निधनप्रति दुःख ब्यक्त गरेको छ । कास्की जिल्लाको घान्द्रुक गाबिस वडा नम्वर ८ स्थायी ठेगाना भई हाल बेलायतमा निधन भएका गुरुङको स्वर्गारोहणले पार्टीलाई अपुरणीय क्षति पुरयाएको उल्लेख गर्दै यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारणको कामना गर्दछौं कास्की कांग्रेसका जिल्ला सचिब युवराज कुंवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकोे छ । विज्ञप्तिमा गुरुङ घान्द्रुक गाविसको वडा नम्बर ८ को दुई कार्यकाल वडाध्यक्ष हुंदा वहांले पुर्याएको विकास निर्माणको योगदानलाई सधैं सम्झिरहने विश्वास समेत ब्यक्त गरेको छ । स्वर्गीय गुरुडको २ छोरा,१ छोरी रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment