0
लेखनाथ उद्योग वाणिज्य सघ, व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र कास्की सेक्यूरिटी प्रा.लि.को संयुक्त आयोजनामा सेक्यूरिटी गार्ड सम्वन्धि तालिम विहिवार सम्पन्न भयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा अध्यक्ष गिरीले सेक्युरिटी गार्डको माग विश्व बजारमा अत्याधिक भएको र यस तालिमको माध्यमबाट युवाहरुले स्वदेशी र विदेशी दुवैमा रोजगारीको राम्रो अवसर रहेको बताएका थिए ।देशको विकासको भरोसाको केन्द्र युवा वर्ग भएकाले वताउँदैं अध्यक्ष गिरीले यस तालिमले युवाहरुलाई अनुशासित बनाउन, व्यक्ति स्वयंको आचारण र व्यवहारमा पनि निखारता ल्याउन मद्दत पुगेको स्पष्ट पारे । कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै सिप विकास तालिम केन्द्रका केन्द्र प्रमुख तिलक रिजालले देशको ठुलो शक्ति बेरोजगारको चपेतामा परेकाले यस तालिमले रोजगारी दिन मद्दत गर्ने र युवा शक्तिलाई कुलतमा नफसी राम्रो आचरण सिकाउन पनि यस तालिम सफल भएको बताए ।  कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गितादेवि सुवेदी, कास्की सेक्युरिटी सर्भिस प्रा.लिका प्रमुख गंगालाल पाण्डे , प्रशिक्षक तिर्थलाल श्रेष्ठ लगायतका महानुभावले तालिममा सिकेका कुरालाई आफ्नो व्यवहारमा उतार्न अनुरोध गरेका थिए । संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा संघका महासचिव वलराम ढकालले कार्यक्रम संचालन गरेका

Post a Comment

 
Top