पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेण्ट बैंकको १४औं शाखाको रुपमा बाग्लुङ जिल्लाको कुिश्मसेरामा बिहीबारबाट सचालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष राजेन्द्र कुमार बाटाजुले देशमा आईपरको प्राकृतिक बिपत्तिबाट ज्यान गुमाएकाहरुप्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरुको सहयोगार्थ बैंक परिवारको तर्फबाट रु १ लाख ५० हजार रुपैयाँ नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपाध्यक्ष डोलराज पाण्डेलाई हस्तान्तरण गरि उद्घाटन गरे । ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको बैंकले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जहाँ, जहिले जस्तोसुकै विपतको समयमा पनि आफ्नो उपस्थिति जनाउँदै आईरहेको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको कार्यमा निरन्तरता दिने बैंकले जनाएको छ । बैंकले कास्की, तनहुँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन लगायत जिल्लाका जम्मा १४ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको र नव उद्घाटित कुश्मीशेरा बाग्लुङ शाखाका अतिरिक्त बन्दीपुर तनहुँ र लामाचौर कास्कीबाट समेत कारोबार शुरु गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । चुक्तापुँजी रु ४६ करोड ८१ लाख ६० हजार रहेको बैंकले २०७१ चैत्र मसान्त सम्ममा रु.४ अर्ब ४८ करोड निक्षेप संकलन, रु ३ अर्ब ७७ करोड कर्जा लगानी गरि रु. १२ करोड ७२ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
मनोरञ्जन
»
महत्वपूर्ण समाचार
» सिटी डेभलपमेण्ट बैंकको १४औं शाखा बाग्लुङमा
Subscribe to:
Post Comments (Atom)
Post a Comment