0
गत शनिबार गएको महाभुकम्पबाट कास्की, चापाकोट गाविसको अ‍ैंसेलुचौर, खोरपाखा, चापाकोट लगायतका गाउँमा पनि भुकम्पका कारण क्षति पुगेको छ । वडा नं. ७ खोरपाखाका टंक बस्ताकोटी, हेमराज बस्ताकोटी, डाँसु अधिकारी, शालिकराम लामिछानेका साथै अ‍ैंसेलुचौरका तारे विक, वडा नं. ३ चापाकोटका सीताराम विक, वडा नं. ६ वाम्दीकी सुनिता सुनारको घर पूर्ण रुपमा तथा आंशिक रुपमा भत्किएका छन् । चापाकोट गाविसको पुरानो भवन समेत भत्किएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत कमला थापाले जानकारी दिइन । चापाकोट संगै रहेको भदौरे तामागीको ठूलाखेतमा पनि केही पुराना घरमा क्षति पुगेको छ । यसैगरी कास्कीकोट र ढिकुर पोखरी गाविसका सीताराम दाहाल, गंगा दाहाल, उत्तम अधिकारी, पुरुषोत्तम अधिकारी, बाबुराम अधिकारी र माया अधिकारी लगायतको घर तथा गोठमा क्षति पुगेको विशाल बस्ताकोटीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top