गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १० कामना मार्गका डा. प्रेमनारायण कुँवरको घरमा चोरी भएको छ । यहि वैशाख २६ गते शनिबार रातिको समयमा छिमेकी दीर्घबहादुर कुँवरको घरको छतबाट आफ्नो घरमम चोरहरु प्रवेश गरी सुनका गरगहना र नगद समेत लगेको कुँवरले जनाएका छन् । उनका अनुसार नगद १ लाख सहित सिक्री, मंगलसूत्र, चन्द्रमा, चोकर, चुरा, टप, औंठी, झुम्का र बाला लगायत गरी १५ तोला बढी सुनका गहना चोरी भएको छ । प्रहरीले चोरी गर्ने गिरोहको खोजी गरिरहेको जनाएको छ ।
Post a Comment