0
पोखराकी लक्ष्मी लामिछानेको छोरेपाटनस्थित डेविड फल्स अघिल्तिर क्यूरियोका सामानको पसल छ । सधैं पर्यटकको भीडले भरिने उनको पसलमा बैशाख १२ अघि जती व्यापार हुन्थ्यो अहिले त्यसको एक छेउ पनि छैन । लामिछानेको पसलमा आइतबार साँझ साढे ४ बजे पुग्दा भर्खरै एउटा माला बेचेको ७० रुपैयाँ देखाउँदै थिईन् उनी । उनको पसलमा त्यो नै दिनभरिको कमाई थियो । महाभूकम्प गएकै दिनदेखि लामिछाने सहित त्यहाँ रहेका ७० भन्दा बढी पसल बिहान खुल्छन् र साँझ बन्द हुन्छन् । धेरैजसो पसलको त बुहनी पनि हुँदैन ।लामिछाने जस्तै शान्ति ढकालको पसलमा पनि ठ्याक्क पाँच दिन भयो, विदेशी पर्यटकले पाईला नटेकेको । पर्यटकका गाडीको भिडले बाटो काट्न मुश्किल पर्ने डेविड फल्स आसपास अहिले सुनसान छ । आक्कल झुक्कल नेपाली युवायुवती डेविड फल्स घुम्न आएपनि पसलमा रहेका सामग्रीमा उनीहरुका आँखा पर्दैनन् । परिहाले पनि महंगो भन्दै लैजान मान्दैनन् । विदेशी पर्यटकका आकर्षणका रुपमा रहेका क्यूरियोका सामान खरिद गर्न नेपालीले उतिसारो चासो दिँदैनन् पनि ।‘सटरको भाडा मात्रै महिनाको २० हजार रुपैयाँ तिर्नुपर्छ ।’ लामिछानेले भनिज,–‘आज त यही ७० रुपैयाँ मात्रै प¥यो, कहिले काहीँ त रित्तै सटर तानेर घर फर्किनुपर्छ, अब भाडा कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ ।’ पसलमा व्यापार नै हुन छाडेपछि केही दिन पसल बन्द गरेर बस्ने सोच बनाएकी छिन्, लामिछानेले । पोखरा आएका सबैजसो पर्यटक महाभूकम्पपछि, आ–आफ्नो देश फर्किसकेका छन् । लेकसाईड जस्तै डेविड फल्स र गुप्तेश्वर गुफा अवलोकन गर्ने पर्यटकको सधैं भीड लाग्ने छोरेपाटन पनि सुनसान बनेको छ । पर्यटकलाई नै लक्षित गरेर खोलिएका धेरैजसो पसल र होटल बन्द भएका छन् । जति खुलेका छन्, तिनमा व्यापार छैन । यहाँ रहेका सबै पसलेले दैनिक क्यूरियोका सामान बेचेरै दिनको कम्तिमा ४÷५ हजार कमाउँथे ।भाडा र अन्य खर्च सबै कटाउँदा आम्दानी राम्रै हुन्थ्यो । अहिले पर्यटक घटेसँगै व्यापार पनि शून्यमै झरेको छ । तैपनी दुई चार रुपैयाँ आईहाल्छ की भनेर दिनभर पसल रुँगेर बस्नु बाहेक अरु उपलब्धि हुन नसकेको पसलेहरु गुनासो गर्छन् । औशतमा हेर्ने हो भने छोरेपाटनका सबै क्यूरियोका सामान बेच्ने पसलबाट मात्रै यसअघि दैनिक ३ लाख रुपैयाँभन्दा

Post a Comment

 
Top