भूकम्पमा परी बुधबारसम्ममा ज्यान गुमाएकाको सङ्ख्या ७ हजार ६ सय ७५ पुगेको छ भने १४ हजार ४ सय ७७ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा एक हजार ६९१, पूर्वाञ्चल विकास क्षेत्रमा ५३, मध्यमाञ्चलमा पाँच हजार ५०८, पश्चिमाञ्चलमा ४२१ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसैगरी काठमाडौँ उपत्यकामा सात हजार ६३९, पूर्वाञ्चलमा ३१९, मध्यमाञ्चलमा पाँच हजार ३१६, पश्चिमाञ्चलमा एक हजार १७९, मध्यपश्चिमाञ्चलमा २२ जना र सुदूर पश्चिमाञ्चलमा दुई जना घाइते भएका छन् । भूकम्पमा नेपाल प्रहरीका पाँच,नेपाली सेनाका नौ, सशस्त्र प्रहरीका एक, एघार जना निजामती कर्मचारी र ६६ जना विदेशी पर्यटकको मृत्यु भएको छ । हालसम्म राजधानीमा एक हजार ६६४, पूर्वाञ्चलमा ५१, मध्यमाञ्चलमा पाँच हजार ४८४, पश्चिमाञ्चलमा ३८२ र मध्य पश्चिमाञ्चलमा दुईको गरी जम्मा सात हजार ५८३ शव मृतकका आफन्तलाई बुझाइएको छ । भूकम्पबाट छ सय दुई वटा प्रहरी कार्यालय, एक हजार ६१० सरकारी कार्यालय, दुई हजार ४९४ शैक्षिक संस्था, एक सय वटा स्वास्थ्य कार्यालयमा क्षति भएको छ । यसैगरी विनाशकारी भूकम्पबाट सिन्धुपाल्चोक जिल्लामा मृत्यु हुनेको सङ्ख्या तीन हजार आठ सय ३९ पुगेको छ । भूकम्पबाट चार हजार ५८ जना घाइते भएका छन् । दुई नगरपालिका र ६८ गाविस रहेको यहाँको साँगाचोकमा सबैभन्दा बढी दुई सय ६० जनाको मृत्यु भएको छ । स्थानीय विकास अधिकारी युवराज कटेलका अनुसार हेलिकप्टर अभावका कारण बुधबार दुर्गम फुल्पिङकट्टी, गुम्बा, गोल्चे, तातोपानी, सेलाङ, पाङ्तान, लिस्तिलगायतका गाविसमा राहत सामग्री पठाउन सकिएको छैन । “मृतकका परिवारलाई क्रियाखर्च बापत जनही रु ४० हजार वितरण गरिरहेका छौँ,” उनले भने ।
यता, प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय विपत्ति सामना गर्ने बेलामा कोही पनि सत्तापक्ष र विपक्ष नहुने र सम्पूर्ण नेपाली एक छौ भन्ने सन्देश प्रवाह गर्न आफूहरू सफल भएको बताएका छन् । भूकम्पबाट अत्याधिक जनधनको क्षति भएको रसुवा, नुवाकोट र धादिङको स्थलगत निरीक्षण गरेर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूले भने–‘यतिखेर सबै राजनीतिक नेतृत्व एक छाँै भन्ने सन्देश दिनु मूल उद्देश्य हो । जनताले त्यो कुरालाई ठीक ढङ्गले ग्रहण गरेका अनुभूत भएको छ ।’’ प्रधानमन्त्री कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली र अध्यक्ष दाहालले बुधबार रसुवाको धुन्चे, लाङटाङ, नुवाकोटको विदुर, भाल्चे र धादिङको लापा, धादिङबेसीको स्थलगत निरीक्षण गरेका थिए । प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित क्षेत्रमा क्रमशः राहत सामग्री पुग्न थालेको र जनजीवन सामान्य बन्दै गएको बताए । उनले भने–‘हामी यथाशीघ्र गाँउ(गाँउमा राहत सामग्री पु¥याउन प्रयत्न गरिरहेका छौ ।’’ ‘‘वर्षायाम सुरु हुने बेला भईसकेकाले पीडितलाई सहायताको शीघ्र व्यवस्था गर्न लागिपरेका छौँ, तत्कालका लागि सुक्खा खाद्य पदार्थ प्रदान गरिए पनि त्यो दिगो हुँदैन । दिगो बनाउन हामीले दाल, चामल, तेललगायत आवश्यक खाद्य पदार्थको जोहो गर्न हामी गम्भीर छौ’’–प्रधानमन्त्री कोइरालाले भने । प्रधानमन्त्री कोइरालाले आपसी विश्वास र एकताले नै अहिलेको सङ्कटको सामना गर्न सकिने बताए । भूकम्पको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री कोइरालाले आपसी समझदारी र विश्वासले नै सङ्कटलाई समाधान गर्दै अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रिय सङ्कटको यस अवस्थामा हामी एक भएर सबै समस्या समाधान गर्छौं, हामी दलहरू पनि एक छौँ ”प्रधानमन्त्रीले भन्नुभयो, “कठिनभन्दा कठिन परिस्थितिमा हामीले समाधान खोजिरहेका छौँ, यो कठिन घडीबाट पनि हामी सफल हुन्छौँ ।” प्रधानमन्त्री कोइरालाले भूकम्पपीडितले धेरै माग गरेको पाल पर्याप्त रूपमा आउने बताउँदै वर्षा लागिसकेकाले पालले मात्र झरी धान्न नसक्ने भएकाले भूकम्प पीडितलाई तत्कालका लागि जस्तापाता दिने योजना बनिरहेको बताए । प्रधानमन्त्री कोइरालाले राहत सामग्री वितरण सहज र समानुपातिक रूपमा वितरण गर्न निर्देशन दिए ।

Post a Comment