गोल्डेन न्यूज संवाददाता
शहरी विकास मन्त्रालयले पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदबाट विष्णु प्रसाद बाँस्तोलालाई अवकाश दिएको स्पष्ट पारेको छ । पोखरा उपत्यका नगरविकास समितिको तर्फबाट मन्त्रालयमा जानकारी माग गरेपछि मन्त्रालयको तर्फबाट सह–सचिव डा. महेन्द्र सुब्बाले बिहीबार नगर विकास समितिलाई नै पठाएको पत्रमा नेपाल सरकार, मन्त्री स्तरको निर्णयबाट २०७० वैशाख १३ गते बढीमा दुई वर्षका लागि बाँस्तोलालाई अध्यक्ष पदमा नियुक्त गरिएका कारण २०७२ वैशाख १२ गते बाँस्तोलाको पदावधि सकिएर अवकाश भैसकेको उल्लेख गरिएको छ ।बाँस्तोलाले आफू नगर विकास समितिको अध्यक्ष कायम रहेको भन्दै मंगलबार समितिका कर्मचारीलाई आफ्नो कोठा सफा गर्न निर्देशन दिएको र बुधबार समितिको कार्यालयमा गएर अध्यक्षको कुर्सीमा बस्नुका साथै नगर विकास समितिको गाडी समेत लिएर हिंडेपछि उनका बारेमा कार्यालय भित्र र बाहिर समेत धेरै चर्चा चलेको थियो । यसैक्रममा बिहीबार पनि उनी कार्यालयमा गएको बेला एक जना प्रहरी अधिकृतले अध्यक्षको कुर्सीमा नबस्न र गाडी लिएर नहिंड्न आग्रह गरेको भएपनि बाँस्तोलाले वेवास्ता गरेपनि प्रहरीले नगर विकास समितिको गाडी नियन्त्रणमा लिएको छ । त्यस अघि मन्त्रालयबाट प्रेषित पत्रमा अवकाश भैसकेको व्यक्तिले पुनर्वहाली भयो भनि गैह्र कानूनी रुपमा नगर विकास समितिको साधन स्रोत दुरुपयोग गरि अख्तियारको समेत दुरुपयोग गरेकोले अविलम्व स्थानीय प्रशासनको सहयोग लिइ आवश्यक काम गर्न निर्देशन दिइएको छ । शहरी विकास मन्त्रालयका सचिव, पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक र कास्कीका प्रमुख जिल्ला अधिकारीलाई समेत बोधार्थ दिइएको उक्त पत्र प्राप्त भएपछि पोखरा उपत्यका नगर विकास समितिको तर्फबाट सदस्य सचिव सुरेन्द्र प्रसाद सिग्देलले जिल्ला प्रशासन कार्यालयर्लाई तत्कालै पत्र लेखि सहयोग माग गरेका थिए । उनको पत्रमा अध्यक्ष पदको म्याद समाप्त भएपनि बाँस्तोलाले आफू अध्यक्षमा पुनर्वहाली भएको बताएपछि मन्त्रालयमा आधिकारिकताका लागि पत्र पठाइएको र मन्त्रालयले बाँस्तोला पूर्व अध्यक्ष भैसकेकाले नगर विकास समितिको साधन, स्रोतको दुरुपयोग रोक्न र अख्यिारको दुरुपयोग रोक्न जिल्ला प्रशासन कार्यालयसंग सहयोग लिएर काम गर्न भन्ने निर्देशन प्राप्त भएकोले आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । त्यसपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको निर्देशनमा प्रहरीले बाँस्तोला चढ्दै गरेको सरकारी गाडी नियन्त्रणमा लिएको छ । हाल उक्त गाडी वडा प्रहरी कार्यालय बैदामको परिसरमा राखिएको र गाडीको चावी भने जिल्ला प्रशासन कार्यालयमा राखिएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए । नगर विकास समितिको अध्यक्षमा पुनर्वहाली भएको दावी गरेका बाँस्तोला समेत त्यसपछि कार्यालयबाट बाहिरिएका थिए कास्की जिल्ला विकास समिति अन्तर्गत जनजाति समन्वय समिति का उपाध्यक्ष अशोक भट्टचन पक्राउ परेका छन् । भट्टचनले आफ्ना तीन जना साथीहरुसंगै कास्कीको हेमजामा ५ रोपनी भन्दा बढी जग्गा लिएर व्यापार गर्ने योजना बनाएको भएपनि आफ्नै साझेदारहरुमाथि बैइमानी गर्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६६ सालमा ५ रोपनी भन्दा बढी जग्गा लिएर आफ्नी श्रीमती अमला भट्टचनको नाममा जग्गा पास गर्न सफल भएका अशोकले अन्य तीन जना साथीको लगानी भएको रकम २४ लाख रुपैयाँ फिर्ता गर्न समेत आनाकानी गरेपछि साझेदारहरुबीच विवाद बढेको थियो । अन्य लगानी कर्ताले जग्गा किन्ने बेला महिलाको नाममा दर्ता गरेमा कम राजस्व तिरे हुने भन्दै आफ्नी श्रीमती अमलाको नाममा जग्गा दर्ता गर्न लगाएकोले जग्गा विक्री गर्दा आउने नाफा समेत आफूहरुलाई चाहिने बताउँदै आएका थिए । अशोक र अन्य तीन जना बीच लामो समयसम्म विवाद भएपनि त्यसको समाधान नभएपछि अशोकले तीन जना लगानी कर्तालाई केही रकम किस्ता बन्दीमा फिर्ता गर्ने आश्वासन दिंदै आएको बताइन्छ । यसैक्रममा अशोकले उक्त जग्गा आफ्नी श्रीमतीको नाममा रहेका कारण अरुले दावी गर्न नमिल्ने भएकाले लगानी गरेको रकम पनि किस्तावन्दीमा मात्रै फिर्ता दिन सक्ने भनाइ राख्दै आएपछि जग्गा सम्बन्धी विवाद र मुद्धामामिला समेत परेको बताइन्छ । मुद्धा मिलाउने क्रममा अशोकले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई १० लाख रुपैयाँ खर्च गरेको साथीहरुसंग भनेपछि तिनै साथीहरुले जिल्ला प्रशासनमा उजुरी दिएका थिए ।सोही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरिबहादुर पालले गोल्डेन न्यूज दैनिकलाई बताए । भट्टचन र उनका साझेदारहरु बीच प्रहरी कार्यालयमा भएको वार्तामा उनीहरुबीच सहमति हुने सम्भावना बढेको भएपनि अशोकले कर्मचारीहरुलाई पैसा दिएको भन्ने कुराले थप चर्चा पाएको छ । यस बारेमा प्रहरीले आवश्यक छानविन गरिरहेको जनाएको छ ।
Post a Comment