0
एमाओवादी कास्कीको टोली बुधबार चापाकोट गाबिसका विभिन्न बस्तीमा पुगी भूकम्पबाट भएको भौतिक क्षतिको निरीक्षण गरेको छ । एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभासद राजकाजी गुरुङ, जिल्ला अध्यक्ष दीपक कोइराला, जिल्ला सह(सचिव धर्म गुरुङ, जिल्ला समिति सदस्य मनहरि तिमिल्सिना, चापाकोट गाउँ कमिटीका अध्यक्ष घनश्याम पराजुली, कास्कीकोट गाउँ कमिटीका अध्यक्ष भीमप्रसाद सुवेदी, भदौरे गाउँ कमिटीका अध्यक्ष प्रेम भण्डारी लगायतको टोलीले क्षतिको स्थलगत निरीक्षण गरेको हो । टोलीले चापाकोटका बाम्दी, ठाडोबाटो, कहरे, भाटाबारी, ओखलढुङ्गा, घडेरी, ऐसेलुचौर, खोरपाखा, मार्से, नयाँबस्ती लगायतका टोलहरुमा पुगी क्षतिको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा टोलीले गाबिसको सर्वदलीय संयन्त्रबाट क्षतिको विवरण संकलन भए÷नभएको, प्रहरीले स्थलगत मुचुल्का बनाए÷ नबनाएको, पीडितले राज्य र गैर सरकारी निकायबाट राहत पाए÷नपाएको अवस्थाबारे जानकारी समेत लिएको छ ।निरीक्षणका क्रममा पीडितहरुले राज्यले उचित समयमा राहतको व्यवस्था गर्न नसकेको भन्दै पहल गरिदिन टोलीसमक्ष आग्रह गरेका थिए । भेटका क्रममा स्थानीयले भूकम्प गएको दुई हप्ता बित्न लाग्दा पनि राज्य र राजनीतिक दलका प्रतिनिधिहरु आफूहरुलाई भेट्न नआएको गुनासो पनि गरे ।

Post a Comment

 
Top