पोखराको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैंक लि. ले आ.व. २०७१÷०७२ को चैत्र मसान्त सम्ममा रु. १ अर्व ९१ करोड निक्षेप संकलन, रु. १ अर्व ६३ करोड कर्जा तथा सापट प्रदान गरि रु. ५ करोड ३८ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद तिवारीले दिएको जानकारी अनुसार बैंकको अधिकृत पूँजी रु.३० करोड, चुक्ता तथा जारी पूँजी रु. १८ करोड ५६ लाख ६९ हजार ६ सय रहेको बैंकले छिट्टै नै चुक्ता तथा जारी पूँजीको १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको र हकप्रद शेयर जारी पश्चात बैंकको कार्य क्षेत्र ३ जिल्लावाट विस्तार भई १० जिल्ला हुन सक्ने छ । हाल बैंकले लमजुङको भोर्लेटार, बेशीसहर, पोखराको रत्नचोक, हस्पिटलचोक, म्याग्दी जिल्लाको बेनीवजार र प्रधान कार्यालय न्यूरोड पोखरा सहित ६ वटा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहकहरु लाई सेवा प्रदान गर्दै आएको छ भने निकट भविष्यमा बैंकले लेखनाथको तालचोकमा शाखा कार्यालय खोली सञ्चालन गर्नका लागि कार्यालय निर्माणको कार्य भइरहेको जनाएकोे छ ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
संघ संस्था गतिबिधी
» मेट्रो बैंकको नाफा ५ करोड बढी
Subscribe to:
Post Comments (Atom)
Post a Comment