0
वैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परी घाईते भएका धादिङ्गको धुँवाकोट गाविसको २,३,५,६ र ७ लगायतका वडाका एकसय चालिस घर धृुरीलाई एकता समाज कस्कीकोट र विश्वकर्मा समाज कास्कीकोटको आयोजना तथा विदेशीहरुको सहकार्यमा राहत शुक्रवार राहत वितरण गरिएको छ । टोलीले खाद्यन्न (चामल, दाल, नुन, तेल, साबुन) र लत्ताकपडा वलाङकेट, गुन्द्री, लगायत तिनलाख बराबरको सामाग्री पीडितहरुलाई वितरण गरेको छ । नारायण सुनारको नेतृत्वमा तिन विदेशी नागरिकहरु एलिस पिटोन्स, मागदली लिना, बुकवा, प्लेटो, मारक्युृरी तथा नारायण सुवेदी, समिर गुरुङ्ग, सुरेश सुनार लगायतको टोलीले उक्त राहत वितरण गरेको हो । यसअघि पनि समाजले लमजुङ्गको हर्राबोट–२ , गोखराको बुङकोट–३ मा धादिङ्गको जिवनपुर ठाँटी २ मा दशलाख वराबरको राहत पाल त्रिपाल, बिस्कुट चाउचाउ ओड्ने कम्मल ओछ्याउने म्याट्स लगायतका सामाग्री वितरण गरिसकेको छ । क्यानेडियन नागरीक केफ को नेत्रित्वमा अर्थ संकलन भइरहेको सस्थामा अझै पनि रकम संकलन गर्ने क्रम भने जारी नै रहेको छ । पोखरामा सबै भन्दा बढि राहत उठाउन सफल निज्जि तर्फको यो संस्थाले करिब १० ओटा राष्ट्रका ३० जना भोलेन्टीयर मिली उठाएको रकमलाई कुनै प्रोजेक्टबाट अगाछिडी बढाउने संघले जनाएको छ । यसैगरी सिड फाउण्डेशन कास्कीले धादिङ्ग जिल्लाको सुनौला नगरपालिकाको वडा नं ७ पिपलछापमा रहेको दलित वस्तीमा भुकम्पवाट पिडितलाई राहत वितरण गरेको छ । विहिवार धादिङ्ग पुगेको टोलीमा सिड फाउण्डेशन कास्की, होटल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथ र अञ्चल प्रहरी कार्यलय भैरहवाका प्रमुख गणेश केसीले सयुक्त रुपमा वितरण गरेका छन् । उनीहरुले करीव २ लाख बराबरको खाद्यान्न, टेन्ट लत्ताकपडा लगायतका समान वितरण गरेको सिड फाउण्डेसन कास्कीका नवराज अधिकारीले जानकारी दिए । लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसिएशनका अध्यक्ष दुर्गाप्रसाद अधिकारी,  फाउण्डेसनका निर्देशक दामोदर भक्त थापा, उपाध्यक्ष रामचन्द्र नेपाली, सचिव  हरिप्रसाद घिमिरे लगायतले राहत वितरण गरेका थिए ।

Post a Comment

 
Top