‘गाउँलाई शान्ति हुँदैन सधै गाउँले देखिसकेको छ संसारलाई
ठूल्ठूला महासङ्ग्राहममा बलि चढेका
आस्थाका नरकङ्गालहरूलाई’
रेमिका थापाः गाउँमा कविताहरू । (पृ. २६)
यो जाडो विदामा मित्र भूपिन व्याकुलबाट लिएको भारतीय नेपाली कवि रेमिका थापाको नेपाली र अङ्ग्रेजी दुवै भाषामा लिपिवद्ध कविताकृति गाउँमा कविताहरू पढ्दै आनन्द लिदैँ थिएँ । त्यस्तैमा अर्का मित्र विश्व सुवेदीले जगदीश घिमिरेको नुतन आख्यान कृति सकस थमाइदिए । यो कृति पहिल्यै पढिसकेका साथीहरूको प्रतिक्रिया थियो सकस पढ्दा ज्यादै सकस भयो । त्यो सकस कहाँनेर हुन्छ म खोज्दै थिएँ । कृति सकिनै लागेको थियो, एउटा शनिबार रेशम विरही दाजुले देश भरि चर्चामा रहेका कुनै कृतिमाथि समीक्षा लेख्न आग्रह गर्नुभयो । मेरो सकस पढिसकेको ज्ञान उपयोगी हुने लाग्यो ।कुल ३०६ पृष्ठको आयाममा फैलिएको सकस आख्यानमा जम्मा तीन खण्ड वा चरण र ती भित्र विभिन्न ५७ ओटा अङ्कसहित र सुरूको एउटा अङ्करहित गरी जम्मा ५८ ओटा शीर्षकमा मालाहरू उनिएका छन् । ‘कसको नोट बुक ?’ शीर्षकको सुरूको अध्यायमा आख्यानको उठान गरिएको छ । कुनै म पात्रले देवीमार्फत एउटा डायरी पाउँछ र त्यससँग सम्बन्धित अन्य पात्रहरूको जानकारी पनि पाउँछ । त्यसपछि त्यो म पात्र कतै देखिदैन, सिङ्गो आख्यान भरी ‘सैलुङ’ शीर्षकदेखी अन्तिमको ‘मिसन एकम्लिस्ट’ सम्म शरदकुमार नै म पात्र भएर उसको डायरीका पानाहरूमार्फ छाएको देखिन्छ । सैलुङको बाक्लो बस्तीमा जन्मिएको शरद आमासँगै मावली चरीकोट पुग्नु, त्यहाँबाट आमाले दोस्रो बिहे गरेपछि काठमाडौं पुग्नु, आमाको मृत्युपछि घरबेटी जिवाको शरणमा पर्नु, जिवाको सेवासँगै राजनीतिमा लाग्नु, कुमारीसँग प्रेम अनि विवाह गर्नु, जिवाको मृत्युपछि काठमाडौं छाडेर मन्थली जानु, त्यहाँ माओवादी र सरकारी सेना दुवैको तारो हुनु, मन्थली छोडेर जनकपुर जानु, त्यहाँ पनि मधेश आन्दोलनपछि अपहरणमा पर्नु, फिरौती रकम बुझाएर छुट्नु, त्यसपछि डिप्रेसनका कारण डायरीमा चिठी छोडेर बेपत्ता हुनु उसका जीवनका प्रमुख घटनाहरू हुन् भने आख्यानभित्र जिवाका कुराहरू बढी आएका छन् । जिवाले शरदलाई पृथ्वीनारायण शाह, राजेन्द्र लक्ष्मी, बहादुर शाह, रणबहादुर शाह आदिका नेपाल एकीकरण र दरबारिया खिचातानीका इतिहासहरू आरुनो पुख्यौली इतिहास, रामेछाप र मन्थलीका वासिन्दाहरूको इतिहास बताएका छन् । त्यति मात्र नभएर राणाहरूको नालीवेली, १९९७ को शहीद काण्ड, २००७ सालको जनक्रान्ति, २०१७ सालको पञ्चायती व्यवस्था, २०३६ र २०४६ को आन्दोलनहरू पनि बताएका छन् । त्यसपछि २०५२ मा सुरू भएको सशस्त्र जनयुद्ध, २०६२÷०६३ को आन्दोलन र २०६४ को तराई आन्दोलनका बारेमा शरद आफैँ भुक्तभोगी देखिन्छ । यसरी विगतदेखि वर्तमानसम्मको नालीवेली प्रस्तुत गर्नु यो आख्यानको अभिष्ट हो ।सामान्यतया वर्णनात्मक शैलीमा तयार पारिएको यो आख्यानको अन्त्यतिर शरद कालीबाबाको सत्सङ्गमा गएको र ऊबाट पाएको मन्त्रको साधना गरेपछि एकान्तमा आरुना मरेका जिवासँग संवाद गर्नसक्ने भएको प्रसङ्ग आएको छ । यो प्रसङ्गलाई पूराना तान्त्रिक कुराहरूबाट पनि हेर्न सकिन्छ । आधुनिक मनोविश्लेषण सिद्धान्त र स्वैर कल्पनाका कोणबाट पनि विश्लेषण गर्न सकिन्छ । आख्यानको अन्तिम शीर्षक ‘मिसन एकम्पिलस्ड’बाट एउटा उदाहरण हेरौंः ‘सिंह दरबारका झ्यालहरूबाट अग्नि वर्णका जस्ता पाँच ओटा विशाल चरण बाहिर निस्केका थिए । यौटा पैतालामा चार तारा र अरू चार ओटामा झन् हौसिएका विशाल चिन्ह थिए । ती पैतालाहरू सडकबाट जनताले गरेको अभिवादनको जवाफमा हल्लिरहेका थिए ।’ (सकस पृ. ३०४, ३०५) यो उद्धरणले रघुवंशका प्रतापी राजा रामचन्द्र पछिका एक्काइसौं राजा अग्निवर्णको भोग लिप्सा र आरुना जनतालाई केवल खुट्टा मात्र देखाउने पौराणिक मिथकको उपयोग गर्दै हाल सत्तासीनहरूको सत्तामोहदेखि लिएर विभिन्न विकृतिलाई व्यङ्ग्यात्मक प्रहार गरेको छ । देशभित्र विभिन्न समयका आन्दोलनका असली व्यक्तिहरू प्रताडित हुनु परेको र आन्दोलनपछि नक्कली व्यक्तिहरूले राज गर्ने गरेको घटनाहरूलाई मार्मिक रूपमा उतारेको छ ।आख्यानको मुख्य पात्र शरद कुमार भए पनि उसको जिवा हरिवंशको छायाँमा उसका वर्णहरू बिलाएका छन् । अझ त्यति मात्र नभएर जिवाका अनुभवहरूलाई लिपिवद्ध गर्न कस्सिएको बाट पनि यो आख्यानको नायक हरिवंश हुन् भन्नु उपयुक्त हुन्छ । नारी पात्रमा कुमारी सुरूदेखि अन्त्यसम्म देखा पर्छिन् । गाउँको कथा भएकाले असङ्ख्य पात्रहरू छन्, त्यस्तै इतिहास, पूराणका कुरासमेत आएकाले पात्रगत बहुलता भेटिन्छ । त्यस्तै उपन्यासले करिब दुई सय वर्षको समय ओगटेको छ भने रामेछाप, मन्थली, काठमाडौं र जनकपुरलाई मुख्य स्थान बनाएको छ । कासी, विराटनगर आदि स्थानको प्रसस्तै प्रसङ्गहरू आएका छन् । भाषिक रूपमा हेर्दा प्रस्तुत आख्यानले वर्णनात्मक शैली अपनाएको छ । अझ त्यसमा पनि जिवाले भने, कुमारीले भनिन् ।
देवीजीले भनिन्, जराजीर्ण वृद्धले भने आदि जस्ता कुराहरू पछि उनीहरूको वर्णन गर्नेकलामा पूराणको कथावाचन शैलीलाई अपनाइएको छ । यसरी प्रायः प्रथम पुरूषको प्रयोग गर्दा कसले कोसँग बताइरहेको छ भन्ने बारेमा पाठक अलमल्ल पर्न सक्छ ।ज्यादा वर्णनात्मक भएकाले पाठकलाई दिक्क पार्न सक्छ तर इतिहासका कतिपय प्रसङ्ग मार्मिक छन् । उदाहरणका रूपमा २९ औं शीर्षकमा आएको ‘नेने मदु खने मदु’ भित्र राणा रणबहादुरले आरुना बालक छोरा गीर्वाणलाई विफरबाट बचाउन काठमाडौंका बालबच्चा र तीनका आमाबाबुलाई चार भञ्ज्याङ् कटाएको दर्दनाक प्रसङ्गले सबैको मुटु हल्लाउँछ । समग्रमा भन्नुपर्दा यस अघि नै नेपाली साहित्यमा कथा र उपन्यासको बीचमा पर्ने कृतिलाई आख्यान भन्ने काम अमर न्यौपानेले ‘पानीको घाम’ मार्फत गरिसकेका छन् । अनुभवलाई उपन्यास बनाएर लेख्ने काम धु्रवचन्द्र गौतमले ‘बुढी’, ‘युर्मी’, जस्ता उपन्यासहरू मार्फत् पहिल्यै प्रयोगमा ल्याइसकेका हुन् । विशुद्ध इतिहासलाई उपन्यासमार्फत भन्ने काम ‘वसन्ती’, ‘सेतो बाघ’, ‘प्रतिबद्ध’ आदि मार्फत डायमण्ड शमशेरले गरेकै हुन् भने पौराणिक विषयवस्तुलाई मदनमणि दीक्षितको ‘माधवी’, ‘भूमिसूक्त’ जस्ता उपन्यासले प्रस्तुत गरिसकेका हुन् ।यो ‘सकस’ आख्यानले उपन्यास नभने पनि यो कृति औपन्यासिक कृति हो । यसमा अमरको ‘पानीको घाम’ जस्तो एउटा कथा पढेर पूर्णता प्राप्त हुँदैन । पूर्णताका लागि पूरै पढ्नुपर्छ । यसले गाउँका कथालाई उत्खनन् गर्ने काम गरेको छ । जुन काम प्रदीप नेपालले अहिलेसम्म गर्दै आएका छन् । त्यसैले ‘सकस’ नेपाली साहित्यको विशिष्ट प्राप्ति होइन, केवल लेखकले पढेका, देखेका, सुनेका र भोगेका घटनाहरूको लिपिबद्ध प्रस्तुति मात्रै हो । यसमा आख्यानका तत्वहरूको कमी छ । बरू लेखकले यस अघिका कृतिहरूमा आफूलाई\ केन्द्रमा राखेर आरुनै कुराहरू पाठकलाई बढाई–चढाईँ सुनाउने अहम्वादी प्रवृत्ति यसमा पनि देख्न पाइन्छ । जुन पाठकको कति पनि हितमा छैन । त्यसैले ‘सकस’ लाई चर्चित लेखकको मध्यम दर्जाको कृति भन्नु अत्युक्ति नहोला ।
(साभारः सुनाखरी मासिक)

Post a Comment