२६ सय ३९ औं बुद्ध जयन्ती तथा २५ सय ५९ औं महापरिनिर्वाण दिवसको अवसरमा पोखरा १० राघाटस्थित बौद्ध अर्घौ सदनले संचालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहीवार बेगनास तालमा प्राणदान (माछा छत्तर छोड्ने) गरिएको छ । प्राणी जातिको हितका लागि सदनले बुद्ध जयन्तीको अवसरमा विगतदेखि गर्दै आएको माछा छाड्ने कार्यक्रमको निरन्तरता दिएको हो । माछा छत्तरका लागि बौद्ध अर्घौ सदनका पदाधिकारी, कार्यसमिति, लामा गुरुहरु, विभिन्न उपसमिति, ञ्युङ्नी आमा लगायत बृहत सहभागीता रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुक्रवार बौद्ध अर्घौ सदनमा धर्मदेशना (प्रचवन कार्यक्रम), १९ गते बौद्ध अर्घौ सदन परिसर बृहत सरसफाई कार्यक्रम र बैशाख २० गते विहान हालैको विनासकारी भुकम्पबाट जीवन गुमाएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मोलम पाठ र दीप प्रज्वलन कार्यक्रम गरिने सदनका अध्यक्ष क्या.भुवनसिंह गुरुङले जानकारी दिए । यसैगरी बुद्ध जयन्तीका दिन बैशाख २१ गते बिहान ५ बजेदेखि पूजा तथा दीप प्रज्वलन, प्रसाद ग्रहण र दिउसो बुद्धजयन्ती मूल समारोह समतिको आयोजनामा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको सदनका सचिव मोतीप्रसाद गुरुङले जानकारी दिए । यसअघि सप्ताहव्यापी कार्यक्रम अन्र्तगत लेखनाथ नगरपालिकामा रहेको श्रीकृष्ण प्रणामी बृद्धाश्रम तथा बालगृहमा भोजन तथा फलफूल दान, बौद्ध अर्घौ सदनमा गणचक्र पूजा, पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाजमा धर्मदेशना–प्रवचन कार्यक्रम) सम्पन्न गरिसकेको छ ।यसैबीच बैशाख १२ गते विनासकारी भूकम्पबाट घाइते भई पोखराका विभिन्न अस्पतालमा उपचार पश्चात पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनमा रहेका घाइतेहरुलाई पोखरा ११ फूलवारी निवासी गुरुङ दम्पत्तिले नगद सहयोग प्रदान गरेका छन् ।स्याङ्जा जिल्ला बाँगे फड्के गाविस वडा नं. ७ घर भई हाल युकेमा कार्यरत गौप्रसाद गुरुङले पठाएको रकम पोखरा फूलवारी निवासी उनको बाबा आमा रामबहादुर गुरुङ र भाईकुमारी गुरुङले ३१ जना घाइतेलाई जनही एक हजार पाँच सय रुपैयाका दरले ४६ हजार ५ सय रुपैयाँ नगद प्रदान गरेका हुन् ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» बुद्ध जयन्तीमा बेगनास तालमा प्राणदान
Subscribe to:
Post Comments (Atom)
Post a Comment