प्रधानमन्त्री सुशील कोइरालाले गत वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको केन्द्रविन्दु बारपाक गाउँ अवलोकन गरेका छन् । नेपाली सेनाको सुपर पुमा हेलिकोप्टरबाट प्रधानमन्त्री कोइराला मंगलबार बारपाक पुगेर काठमाडौँ फर्किएका हुन् । उनीसँगै प्रधानसेनापति गौरवशम्शेर जबरा पनि थिए । स्थानीय हिमालय उमाविको प्राङ्णमा अवतरण गरि उनले भूकम्पपीडित स्थानीयवासी सँग अन्तक्र्रिया गर्नाका साथै भूकम्पले ध्वस्त बनाएको बारपाकको बस्तीको अवलोकन गरे । सो अवसरमा प्रधानमन्त्री कोइरालाले आउँदो वर्षा सकिएपछि ध्वस्त भएको बारपाक गाउँको पुनःनिर्माण गरिने प्रतिबद्धता जनाए । “पहिले वर्षा सकियोस्”–उनले भने–“राहत सामग्रीको अभाव हामी हुन दिने छैनौं । वर्षा सकिएपछि भत्किएका घरहरू पुनःनिर्माण गर्नुपर्छ ।” गाउँलाई कसरी पुनःनिर्माण गर्ने भन्नेबारे ब्यापक छलफल गरेपछि मात्रै निर्णयमा पुगिने उनको भनाइ थियो । प्रधानमन्त्रीले भूकम्पले ध्वस्त बनाएको देशका अन्य १२ जिल्लाका गाउँको पुनःनिर्माणका लागि देशीविदेशी दातृ निकायसँग सहयोग मागिने पनि बताए । एक हजार ४७२ घरधुरी भएको बारपाक गाउँका अधिकांश घरधुरी ध्वस्त भएको छ । त्यस गाउँमा ६९ जनाको मृत्यु भयो । एक सय ५० जनाभन्दा बढी गम्भीर प्रकृतिका घाइते छन् । भूकम्प गएदेखि बारपाकमा ३६ पटक हेलिकोप्टर अवतरण भए पनि पहिलो चरणको राहत सामग्रीसमेत भूकम्पीडितले पाएका छैनन् ।
यस्तै प्रधानमन्त्री सुशील कोइरालासँग यहाँस्थित बेलायतका कार्यबाहक राजदूत जोन ¥यानकिन र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का कार्यबाहक प्रशासक अल्फोन्सो लेनहार्टले प्रधानमन्त्री निवासमा बेग्लाबेग्लै भेटवार्ता गरे । प्रधानमन्त्री कोइरालाले नेपालले अहिले अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न परेको बताए । उनले यो विपत्तिबाट नेपाली जनतालाई जोगाएर देशलाई विकासको पथमा लैजान विदेशी मित्र राष्ट्रहरूको सहयोग आवश्यक भएको बताए । आफूले भ्रमण गरेका भूकम्प अति प्रभावित क्षेत्रका पीडितले ओत लाग्ने पाल, खाद्य सामान, चिसोबाट बच्ने ‘म्याट’, औषधिको माग गरेको बताए । उनले पीडितहरूलाई पानी शुद्ध पार्ने ‘फिल्टर’को पनि आवश्यकता परेको उल्लेख गरे ।त्यस अवसरमा कार्यबाहक राजदूत ¥यानकिनले नेपालमा हालैको भूकम्पबाट भएको जनधनको ठूलो क्षतिप्रति बेलायती महारानी, बेलायत सरकार,आफू र बेलायती जनताको तर्फबाट प्रधानमन्त्री कोइराला र उनीमार्फत नेपाल सरकार र नेपाली जनतामा सहानुभूति र पीडित परिवारमा समवेदना प्रकट गरेका थिए । बेलायत सरकारले भूकम्पपीडितका लागि दुई करोड २८ लाख पाउण्ड र बेलायतका जनताको स्वेच्छिक योगदानबाट ३ करोड ३० लाख पाउन्ड रकम सहयोग उपलब्ध गराउने जानकारी दिए । उनले भूकम्परहित भवन बनाउन अन्तराष्ट्रिय समुदायसँग समन्वय गर्ने जानकारी पनि दिए । कार्यबाहक राजदूत ¥यानकिनले बेलायतले राहत सामग्री वितरणमा सघाउन चिनुक हेलिकोप्टरको व्यवस्था गरेको बताए । उनले ती हेलिकोप्टरले विश्व खाद्य कार्यक्रमबाट प्रदान गरिएका सामग्री भूकम्पपीडित स्थानमा चाँडो पु¥याउन सघाउ पुग्ने पनि बताए । साथै उनले नेपाल र बेलायतबीचको कूटनीतिक दौत्य सम्बन्धको द्विशतवार्षिकी र नेपालमा बेलायती लगानी भित्र्याउने विषयमा पनि आफ्ना धारणा प्रस्तुत गरेका थिए । त्यसैगरी प्रधानमन्त्री कोइरालाले युएसएआइडीका कार्यबाहक प्रशासक लेनहार्टसँगको भेटमा आफू आज भूकम्पको केन्द्रबिन्दु गोर्खाको वारपाक,लाप्राकलगायत क्षेत्रको अवलोकन गरेर फर्केको बताउँदै सबै पीडितका लागि पाल, खाद्य सामग्री, औषधि आवश्यक भएको बताए । उनले भूकम्पपीडितलाई आवश्यक परेका सामग्रीको सूची परराष्ट्र मन्त्रालयले सबै राजदूतावासमा पठाएको जानकारी पनि दिए । पीडितहरूको अल्पकालीन व्यवस्थापन गर्न नसकिए उनीहरूलाई शीघ्र सुरु हुने बर्षाबाट जोगाउन कठिन हुने बताउँदै प्रधानमन्त्रीले गत बर्ष बाढी पहिरोबाट भएको जनधनको स्मरण गर्दै भूकम्पपीडितलाई बर्षा अगावै सुरक्षित स्थानमा राख्नुपर्ने चुनौती रहेको बताए । प्रधानमन्त्री कोइरालाले तत्काल व्यवस्थापनपछि पीडितको पुनःस्थापना र पुनर्निर्माणको लागि सरकारलाई पुनः सहयोगको आवश्यकता पर्ने बताउँदै त्यसनिम्ति सरकारले रु दुई खर्बको कोष स्थापना गर्ने निर्णय गरेको र आफूले रु २० अर्बको बीउ पुँजी राखिसकेको बताए । कार्यबाहक प्रशासक लेन्हार्टले नेपालमा हालै आएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकी सरकार र जनताको तर्फबाट राष्ट्रपति बाराक ओवामाले प्रधानमन्त्री कोइराला, नेपाल सरकार र पीडितप्रति सहानुभूति र समवेदना पठाउनु भएको बताएका थिए । उनले अमेरिकी सरकारले तत्कालका लागि एक करोड १० लाख अमेरिकी डलर उपलब्ध गराएको र दोस्रो चरणमा एक करोड ५० लाख डलर सहयोग गर्ने बताए । उनले नेपालमा परेको विपत्तिको व्यवस्थापन गर्न तथा राहत र पुर्निर्माणलाई सघाउन सक्षम टोली नेपाल आएको जानकारी दिए । उनले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र पुर्निर्माणको एकै लक्ष्यमा अन्य देशका सेनासँग काम गर्न अमेरिकी सेना पनि तयार रहेको बताए । उनले अमेरिकाबाट आएका विमान राहत सामग्री ढुवानी गर्न उपयोगी हुने उल्लेख गर्दै विपत्ति छि जनजीवनलाई सामान्य अवस्थामा ल्याउन आफूहरू तयार रहेको बताएका थिए । दुवै भेटमा प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीको उपस्थिति थियो । यसैगरी नेपाली काँग्रेसका उसभापति रामचन्द्र पौडेलले उद्धार तथा राहतका कार्यक्रमलाई प्रभावकारी बनाउँदै भूकम्पग्रस्त क्षेत्रका घरवार गुमाएका पीडितहरूका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउनुपर्ने मा जोड दिएका छन् । वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि क्षतिग्रस्त गोर्खा पुगेका उपसभापति पौडेलले नेपाली काँग्रेस जिल्ला कार्यसमिति द्वारा आयोजित छलफल कार्यक्रममा राहत र पुनःस्थापना पछि एकीकृत बस्ती विकासका लािग सरकारले विशेष सहयोगको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जनतासँगै रहेर उद्धार, राहत तथा पुनःस्थापनाको कार्यक्रममा लाग्नुपर्ने बताउँदै भने–भूकम्पले आफ्नो थातथलो, घरबार र आफन्त गुमाएका पीडितको घाउमा मलहम लगाउन काँग्रेसका नेता कार्यकर्ताले जनतासगै रहेर काम गर्नुपर्छ, सरकारले घर गुमाएकालाई आवासको सुविधा दिनुपर्छ ।” भूकम्पको धक्का परिवर्तनको धक्का पनि भएको विचार व्यक्त गर्दै उहाँले भूकम्पपीडितका लागि उपलब्ध राहत सामग्री सही ढङ्गले वितरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्र पाण्डे, नेता जीवनप्रेम श्रेष्ठलगायत उपस्थित थिए ।

Post a Comment