युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल) पोखराले विभिन्न संस्थासँगको सहकार्यमा टोलटोलमा निःशुल्क शिविरलाई तीव्रता दिएको छ। युआरएलको सहयोगमा श्यामाश्याम सत्संग केन्द्र पोखरा–१५ र डिभाइन युथ क्लब पोखरा–१५, नेपालले टोल विकास संस्था समन्वय समिति पोखरा–१५, फलेपाटन टोल विकास संस्था, स्यानीमजुवा टोल विकास समिति, ठूली मजुवा टोल विकास समितिलगायतसँगको सहकार्यमा शिविर आयोजना गरियो। शिविरमा दुई सय २९ जनाको निःशुल्क मधुमेह परीक्षण गरिएको थियो। शिविरमा विशेष छुटमा एक सय पचासको थाइराइड, ५२ जनाको भिटामिन डि, ३० जनाको भिटामिन बि १२, एक सय जनाको मृगौलासम्बन्धी जाँच, ७० जनाको मुटसम्बन्धी परीक्षण र २० जनाको कलेजोसम्बन्धी परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ७२ जनामा मधुमेह, ३५ जना भिटमिन डि कम, १३ जनामा भिटामिन बि १२ कम र ४८ जनामा थाइराइडसम्बन्धी समस्या देखिएको युआरएलले जनाएको छ। ३० प्राविधिकले शिविरमा सहयोग गरेका थिए। कार्यक्रममा वरिष्ठ चिकित्सक डा. बुद्धिबहादुर थापाले गुणस्तरीय ल्याबको अभावमा राजधानी र विदेशमा जानु पर्ने बाध्यता रेफरेन्स ल्याबहरूको स्थापनाले निकै हदसम्म हटेको बताए। युआरएलका अध्यक्ष चेतबहादुर गुरुङले भविष्यमा पनि सामाजिक क्षेत्रसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सार्वसाधारणसम्म स्वास्थ्य सेवाको पँहुचका लागि शिविर सञ्चालन गरिएको बताए। श्यामाश्यम सत्संग केन्द्रका अध्यक्ष नारायणबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टेकन गिरी र सञ्चालन सचिव धनबहादुर थापाले गरेका थिए।युआरएलले हरेक महिनाको अन्तिम शनिबार निःशुल्क शिविर आयोजना गर्दै आएको छ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
स्वास्थ्य-जीवनशैली
» युआरएलद्वारा विभिन्न टोलमा निःशुल्क शिविर
Subscribe to:
Post Comments (Atom)
Post a Comment